बागलुङ, २२ माघ
पत्रकार हरिनारायण गौतम प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७३ बाट पुरस्कृत भएका छन् ।
प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवशको अवसरमा आयोजित कार्यक्रममा एमाले प्रचार विभागका उप प्रमुख सूर्य थापाले पुरस्कार प्रदान गरेका थिए ।
प्रेस चौतारी बागलुङले स्थापना गरेको अक्षयकोष मार्फत १० हजार १ सय ११ रुपैयाँ नगद सहित गौतमलाइ पुरस्कृत गरिएको हो । दुइ दशक देखि मोफसलमा रहेर निरन्तर पत्रकारिता गरेको कारण उनलाइ यो पुरस्कार दिइएको चौतारीका अध्यक्ष उमाकान्त शर्माले बताए । 
जिल्ला भित्रै रहेर र राजधानीका विभिन्न संचार माध्यममा रिर्पोटिङ गरेका गौतमकै सम्पादनमा बागलुङबाट ढोरपाटन दैनिक र धौलागिरी स्टार साप्ताहिक पत्रिका प्रकाशन भैरहेका छन् ।
पहिलो चरणमा मिसन पत्रकारिता हुँदै व्यवसायिक पत्रकारिता भित्राउन गौतमले योगदान गरेको पुरस्कार वितरण समारोहका सहभागिले बताए । सशष्त्र द्वन्द्वकालमा बेनी आक्रमण देखि विभिन्न घटनाको रिर्पोटिङ गरेको कारण उनले सेना र माओवादी तर्फबाट विभिन्न समस्या समेत भोगेका थिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल संयोजक समेत रहेका गौतमले चौतारीले स्थापना गरेको क्रियाशिल पत्रकारिता पुरस्कार पनि यस अघि पाइसकेका छन् ।









