स्रोतकेन्द्र स्तरीय प्रश्नपत्र निर्माण शैक्षिणक योजना निर्माण

बागलुङ, २२ माघ
कक्षा ६ देखि ९ सम्मको वार्षिक परीक्षामा निर्माण हुने प्रश्नलाई व्यवहारिक, वैज्ञानिक र शैक्षिक उद्देश्य अनुरुप निर्माणमा सहयोग पु¥याउने हेतुले बागलुङको लेखानीमा दुई दिने विशेष प्रश्नपत्र निर्माण तथा शैक्षिणक योजना निर्माण सम्बन्धी दुई दिने तालिम तथा गोष्ठी सम्पन्न भएको छ ।
लेखनी स्रोत केन्द्रको आयोजनामा भएको तालिममा लेखानी स्रोत केन्द्र अन्तर्गतका लेखानी, रेश र दुदिलाभाटी गाविसका ४० जना शिक्षकहरुको सहभागीता रहेको थियो । गोष्ठीले यस वर्षको वार्षिक परीक्षामा स्रोत केन्द्र स्तरमा प्रश्न पत्र निर्माण गर्ने तथा आगमी शैक्षिक सत्रको लागि कार्ययोजना निर्माण गरेको छ ।
कार्यक्रममा नेपाली विषयका शिक्षक हरिबहादुर कँुवर, सामाजिक शिक्षक नरबहादुर छन्त्याल, चौराह माविका प्रधानध्यापक विन्द्र खत्री, टंक पौडेल र रेश नुनथला माविका शिक्षक मञ्जु थापा, चौराह माविका शिक्षक बालकृष्ण सुवेदीले बोल्नुभएको थियो ।
कार्यक्रम लेखानी स्रोत केन्द्रका स्रोतव्यक्ति रामानन्द कँडेलको अध्यक्षता, शिक्षक यामलाल कँडेलको स्वागत र लेखानी माविका प्रधानध्यापक खिमानन्द कँडेलको संचालनमा सम्पन्न भएको शिक्षक विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।