
बागलुङ, २१ माघ
अखण्ड नेपाल पार्टीको धौलागिरीका नेताहरुले पार्टी परित्याग गर्ने भएका छन ।
अखण्ड नेपाल पार्टीका बागलुङ, पर्वत, र म्याग्दीका नेताहरुको शुक्रबार भएको संयुक्त बैठकले पार्टी परित्याग गर्ने निर्णय गरेको हो ।
पार्टी परित्यागसँगै नयाँ पार्टीमा प्रवेशका लागि छलफल गर्न नरबहादुर कार्कीको संयोजकत्वमा सात सदस्य कार्यदल समेत गठन गरिएको छ ।
कार्यदलको सदस्यमा रुद्रबहादुर महत, भिमबहादुर केसी, सन्तोष बोगटी, डिलबहादुर बरुवाल, सिता नायक र डम्मरबहादुर बानीयाँ रहनुभएको छ । अखण्ड नेपाल पार्टीको विधान, नीति विपरित पार्टी नेतृत्व गएकाले पार्टी परित्यान गर्ने निर्णयमा पुगेको खण्ड नेपाल पार्टी बागलुङका कार्यवहाक अध्यक्ष रुद्रबहादुर महतले जानकारी दिनुभयो ।









