किरिया खर्च जुटाउन मुस्किल परेको परिवारलाई २९ हजार बढी आर्थिक संकलन

समाचार प्रभावः खबर बे’ अनलाइन पत्रिकाद्वारा आर्थिक संकलन अभियान जारी
बागलुङ, १८ माघ
आर्थिक अभावको कारण किरिया खर्च जुटाउन मुस्किल परेको भीमापोखरा–८ को एक परिवारको लागि खबरवे अनलाईनले सुरुवात गरेको आर्थिक संकलनमा मंगलबार बेलुका सम्म २९ हजार ३ सय ७० रुपैयाँ संकलन भएको छ ।
२०७३ माघ १५ गते शनिबार खबरवे अनलाईनमा कमजोर आर्थिक अवस्थाको कारण किरिया खर्च जुटाउन मुस्किल भन्ने समाचार प्रकाशन भएपछि उक्त परिवारलाई आर्थिक सहयोग आउने क्रम जारी रहेकोे खबरवे अनलाईनका अध्यक्ष खिम बहादुर कार्कीले जानकारी दिनुभयो ।Kiriya
अनलाईनका अध्यक्ष खिम बहादुर कार्की र सम्पादक नविन शिशिरको पहलमा आईतबारदेखि बागलुङ बजारमा सहयोग संकलन अभियान सुरुवात भएपछि हाल बागलुङ बजारका साधै नेपाल अधिराज्य तथा अन्य विभिन्न देशहरुमा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरुले सहयोग गरिरहेका छन् । आर्थिक संकलन अभियान अझै जारी रहेको अनलाईनका सम्पादक नविन शिशिरले जानकारी दिनुभयो ।
आर्थिक अभावका कारण किरिया खर्च जुटाउन मुस्किल परेको परिवारलाई आईतबार नै भीमापोखरा युवा क्लब (विवाईसी) बागलुङले रु. ४ हजार रुपैयाँ बढि आर्थिक संकलन गरि प्रदान गरेको थियो ।Screenshot_2017-01-31-22-18-13
विवाईसीका अध्यक्ष अमर थापाको पहलमा सस्थागत दुई हजार र अन्य व्यक्तिसँग गरी संकलन गरिएको ४ हजार ७ सय रुपैयाँ मृतक ओमबहादुर विकको परिवारलाई हस्तान्तरण गरिएको हो ।
उक्त परिवारलाई आर्थिक सहयोग गर्नको लागि ९८५७६२०३०० र ९८५७६२५९५० मा सम्पर्क गर्न सकिने बताइएको छ ।
भीमापोखरा–८ निवासी नन्दकली विकको श्रीमान ओम बहादुर विकको माघ १० गते भारतको नयाँ दिल्लीमा मृत्यु भए पनि परिवार काजकिरिया उम्काउने आर्थिक स्रोत नहुँदा समस्यामा परेको छ ।