बागलुङ, १७ माघ
धवलागिरी बहुमुखी क्याम्पस बागलुङको वार्षिक उत्सव चलिरहेको छ ।
यसै विच सोमवार नयाँ शक्ति विद्यार्थी युनियनको संयोजनमा टेवल टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।
नयाँ शक्ति विद्यार्थी युनियनको संयोजनमा सम्पन्न प्रतियोगिततामा महिला तर्फ विएय प्रथम वर्षकी सुरक्षा भण्डारी प्रथम,पुरुष तर्फ विविएस प्रथम वर्षका विवेक जिसी प्रथम र बिक्रम परियार विविएस चौथो वर्ष द्धितिय भएका छन ।
प्रतियोगितामा पुरुष १६ जना, ४ जना महिला गरि जम्मा २० जना प्रतियोगि सहभागि रहेको विद्यार्थी युनियनका केन्द्रिय सचिवलाय सदस्य प्रकाश केसीले जानकारी दिनुभयो ।









