राप्रपाको गाउँ विकास कार्यसमिति गठन

बिक्रम सुनार
बागलुङ, १७ माघ
राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लाको विभिन्न ठाउमा सोमवार गाउँ विकास कार्यसमिति चयन गरेको छ ।
जिल्लाको विहँु गाविसमा लिलाधर ढुङगानाको अध्यक्षतामा १९ सदस्यी कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हिरालाल कंडेल, सचिव सुर्यछवि विक, सह–सचिव तुलसीराम कडेल र कोषाध्यक्षमा मनरुपा सापकोटा रहनुभएको छ ।
त्यस्तै लेखानी गाविसमा केदारनाथ कडेलको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ भने जिल्लाको तग्राममा मनबहादुर पुनको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको केन्द्रिय सदस्य देवीप्रसाद कंडेलले जानकारी दिनुभयो ।
सोही अवसरमा केन्द्रिय सदस्यहरु दिलविकास राजभण्डारी, भिमप्रसाद गौचन, देवीप्रसाद कंडेल, जिल्ला उपाध्यक्ष सैलेन्द्र श्रेष्ठ,पूर्व सभापित सुरेन्द्र खडका लगायतले मन्तव्य राख्नुभएको थियो ।