नयाँ शक्ति पार्टीले हस्ताक्षर संकलन ग¥यो

बागलुङ, १७ माघ
नयाँ शक्ति पार्टी बागलुङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुुुुपातिक व्यवस्थापिका संसदको शाषकिय स्वरुपका लागि हस्ताक्षर संकलन गरेको छ ।

संविधान संसोधनको सन्दर्भमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुुुुपातिक व्यवस्थापिका संसदको शाषकिय स्वरुपका लागि देशभर १० लाख हस्ताक्षर संकलन गर्ने अभियान अन्तरगत बागलुङ जिल्लामा पनि हस्ताक्षर संकलन गरिएको हो ।naya sakti

हस्ताक्षर संकलन अन्तरगत सोमवार मात्र १ हजार ५ सय भन्दा बढि संकलन गरिएको र माघ महिना भर जिल्ला व्यापी रुपमा संकलन गरिएको हस्ताक्षर सरकारलाई बुझाउने जिल्ला संयोजक चित्र सापकोटाले जानकारी दिनुभयो ।

बागलुङको जिपपार्कमा गरिएको हस्ताक्षर संकलन अभियानको पार्टीका प्रदेश नम्वर ४ का संयोजक बलावती शर्माले शुरुवात गर्नु भएको थियो । सो अवसरम बोल्दै शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुुुुपातिक व्यवस्थापिका संसदको शाषकिय स्वरुपका लागि दवाव दिन देश व्यापी रुपमा अभियान संचालन गरिएको बताउनुभयो ।

जिल्लाभर संचालन गरिने अभियान अन्तरगत सदरमुकामको धौलागिरिचोक, लोकतान्त्रिक चोक, हल्लनचोक र समिट चोकमा हस्ताक्षर संकलन गरिने प्रचार बिभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।