मालिकामा एमालेको प्रशिक्षक

बागलुङ, १७ माघ
नेकपा एमाले गाउँ पाटी कमिटी मालिकाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
नेकपा एमाले मालिका गाउँ कमिटीको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्माले सरकार स्थानीय निकायको निर्वाचत मिति घोषण नगरेर सरकारको आयु लम्बाउने खेलमा लागेको बताउनु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा, जिल्ला कमिटी सदस्य कोपिला खरेल, पूर्वजिल्ला कमिटी उपसचिव शिव सापकोटा, क्षेत्रीय कमिटी सचिवालय सदस्य हरिप्रसाद रेग्मी लगायतले बोल्नुभएको थियो ।
समसामायिक राजनीतिक विषयबस्तु बारे पूर्वऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्मा, जिल्ला अधिवेशन, संगठन निर्माण परिचालने लगायतको विषयमा जिल्ला कमिटी अध्यक्ष इन्द्रलाल सापकोटाले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रम गाउँ कमिटीका अध्यक्ष गोविन्द सापकोटाको अध्यक्षता, उपाध्यक्ष पदमबहादुर केसीको स्वागत र अमर थापाको संचालनमा सम्पन्न भएको थियो ।