बागलुङ, १७ माघ
न्यु ओएसिस एकेडेमी बागलुङमा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ ।
विद्यालयको २०औँ वाषिकोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगीतामा न्यु ओएसिस एकेडेमी ‘क’ प्रथम, गरिमा आवासीय मावि द्धितीय र चिल्डे«नलाईफ बोर्डिङ स्कुल ‘ख’ तृतीय भएको प्रिसिन्पल नेत्रलाल न्यौपानेले जानकारी दिनुभयो ।
विजयी प्रतियोगीहरुलाई मंगलबार हुने मुल समारोहमा पुरस्कार वितरण गरिने छ । विजेता विद्यालयले क्रमशः ३ हजार, २ हजार ४ सय र १ हजार आठ सय नगद सहित ट्रफि प्राप्त गर्ने छ । प्रतियोगिताका बाग्लुङ नगर पालिकाका ११ वटा विद्यालयबाट १४ समूहले सहभागिता जनाएका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद शमा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता सदस्य विपिन सापकोटाको स्वागत र विद्यालयका शिक्षक प्रदिप पन्त र बलराम क संचालनमा सम्पन्न भएको थियो ।









