काठमाण्डौ, १५ माघ
सार्बजनिक यातायातमा यात्रा गर्दा होस् वा कार्यलयमा बस्दा, लैंगिक हिंसा हुनसक्छ । खासगरी महिलाहरु यस्तो हिंसाको शिकार हुन्छन् । त्यस्तो बेला के गर्ने ?
काइदाको उपाय छ, ‘निडर’ एप प्रयोग गर्नुहोस् । जब तपाईले आफ्नो स्मार्टफोनमा यो एप प्रयोग गर्नुहुन्छ, कुनैपनि किसिमको हिंसाबाट सुरक्षित महसुस गर्नुहुनेछ ।
उज्यालो फाउन्डेसनले बिकास गरेको यो एपले महिलालाई सुरक्षाको प्रत्याभूत गराउने छ । नेपालमा हरेक पााच महिलामध्ये एकले लैंगिक हिंसा भोगिरहेको पृष्ठभूमीमा यस्तो एप बिकास गरिएको हो । आफ्नो मोबाइलमा ‘निडर’ एप राखेपछि मानसिक रुपले त्रस्त हुनुपर्ने अवस्थाबाट पार पाइनेछ ।
के छन् बिषेषता ?
- सम्भावित संकटबाट बच्न आफ्नो बर्तमान स्थानको जानकारीसहित ‘सुरक्षा सम्पर्क’लाई म्यासेज पठाउन सकिन्छ ।
- जब तपाई संकटमा फस्नुहुनेछ, पावर बटन दबाए पुग्छ । यो फल्स अर्लामले आसपासमा रहेका मानिसहरुको ध्यान आफुतर्फ केन्दि्रत गर्न सकिनेछ ।
- आफुलाई समस्या पर्दा मात्र होइन, अरुले यस्तो समस्या भोगिरहेका छन् भने पनि तपाईले यो एपको साहारा लिन सक्नुहुनेछ । यसका निम्ति तपाईले देखेको दृश्य वा सुनेको घटनाको श्रव्य, दृश्य बिबरण आफ्ना सहयोगीलाई पठाउन सकिनेछ ।
- तपाई कतै जादै हुनुहुन्छ भने यात्रा थाल्ने समय, गन्तव्यसहित सुरक्षा चेक इन निर्धारण गर्न मिल्छ ।
- एपमा भएको दुईबटा सम्पर्क सेवा सुविधाबाट आपतकालिन र गैर आपतकालिन सम्पर्क नम्बरहरुमा पहुाच पाउन सकिन्छ ।

महिलामाथि हुने हिंसा नियन्त्रणका लागि तयार गरिएको यो एप शुक्रबार सार्बजनिक गरिएको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले ‘निडर’ एप लोकार्पण गरेका हुन् ।
यो एपले महिलाको मनोवल बृद्धि गर्न सहयोग गर्ने र हिंसा बिरुद्ध लड्न प्रेरित गर्ने यसका विकाशकर्ताले जनाएका छन् । हाल गुगल प्लेस्टोरमा उपलब्ध यो एप एन्ड्रोइड फोनहरुमा प्रयोग गर्न सकिन्छ ।









