केपी कुमार जलन/बागलुङ
आफ्नो गाउघर लाई गित संगित मार्फत उजागर गरेका बाग्लुङ् बलेवा अमलाचौरका कुशल सर्जक शिव अखेलिले धौलागिरी अन्चल का बिभिन्न स्थानलाई समेटिएर बिशेष बाग्लुड् । बलेवालाई चिनाउने पृथक पंचेबाजा गित मार्फत पहिचान गराउन सफल भएका छन ।
बाग्लुङ्ग बलेवा पंचे बाजा गित लिएर गाउको चिनारी गराउन लागि परेका अखेलिले बजारमा सार्वजानिक गरेको धौलागिरी हिमालको दृश्य समेतलाई कैद गरिएको गितमा नेपालकै अग्लो र लामो बागलुङ्ग कुश्मा कैया झोलुङ्गे पुल लगायत सुन्दर बलेवा लाई मुख्य रुपमा प्राथमिकतामा राखेर गितको म्युजिक भिडियो तयार बनेको छ दर्जनौ गितहरुमा लय शव्द सृजना गरिसकेका कुशल सर्जक गायक अखेलीले आफ्नै आवज भरेका छन ।
बागलुङ जिल्लाको अमलाचौरमा जन्मिएका गायक अखेली सानै उमेर देखि गित संगित प्रति हुरुक्क हुन्थे उनी गाउन भन्दा लेख्नमा खप्पिस मानिन्छन उनले सृजना गरेका चर्चित गितहरुमा कलाकारले देखे ,हिमाल को काख बाट सेती बग्यो सानूू, बिशाल बजार किन्दिनी धन छैन, खाडी मुलुक को पीडा, कोदो ,आउने जाने बसैको भाडा तिरम्ला, उपन्यास , रुझेको छु आँसु धारामा, घाम पानीले छुदैन, कर्मैले दिएन, फुल सम्झ या काडा लगायत अरु थुप्रै गितहरुमा।
लय शव्द सृजना गरी सकेका छन सर्जक शिव अखेली र निता बिसीको आवाज केशव रिजालको लय शव्द संयोजनमा उक्त गितको म्युजिक भिडियो सुन्दर बागलुङ्को बलेवामा गरिएको छ हमाल म्युजिक प्रा।लि।ले बजार व्यवस्थापन गरेको उक्त गितमा चर्चित निर्दशक कुमार केसीको रहेको छभने राज सुवेदी र सृजना क्षेत्रीको मुख्य भुमिका रहेको छ । माथी पर्छ भैरवथान सिरान तल पर्छ हवाईजहाज गिरान सरर मलेवा नाउ त मेरो मायालाई थाहा होला गाउ बागलुङ्ग बलेवा¸जव पाईलो पाउजाको टेकिन्छ धौलागिरी हासेको देखिन्छ सरर मलेवा कुश्मा कैया अग्लो पुल तरेर लैजाउ है बलेवा जस्ता शब्दहरु समावेश गरिएको छ ।
२०७३ माघ १२ गते प्रकाशित









