जनएकता आमा समुहकोे विविध प्रतियोगितात्मक कार्यक्रम सम्पन्न ।

बागलुङ, १० माघ
जनएकता आमा समुह दुदिलाभाटी ४ सिरबारेले आयोजना गरेकोे विविध प्रतियोगितात्मक कार्यक्रम सम्पन्न ।
सर्मा बिकको अध्यक्षता र सञ्चारकर्मी गुमानसिहं भणरीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा गलकोट एरिया अध्यक्ष नेत्र बुढाथोकीले सामाजिक कार्यमा युवाहरुको सहभागिता अपरीहार्य हुने बताउनुभएको छ ।
कार्यक्रमका अवसरमा आयोजना गरिएको वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा चौराहा खुलकुद प्रथम, आयोजक समुह सि द्धितिय र संगम युवा कल्ब हरिचौर तृतिय भएको र विजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै सामुहकि लोक नित्य प्रतियोगीतामा सरस्वती मावि दुदिलाभाटी प्रथम, शान्ती युवा कल्व पात्लेखोला दित्तिय भएका छन् । बिजेताले क्रमशः ५ हजार ३ हजार साथमा प्रमाणपत्र प्राप्त गरेका छन् भने घैटोफोर प्रतियोगिता खिमा भण्डारी र मेच घुमाई प्रतियोगिता मिना भण्डारी प्रथम, दित्तिय खिमा भण्डारी दित्तिय भएको आयोजकले जनाएको छ ।