व्यक्तिगत स्वार्थले नेपालको राष्ट्रियता संकटमा–डाक्टर गुरुङ

बागलुङ, १० माघ
नेकपा माओवादी (क्रान्तिकारी)को संगठन विस्तार तथा सुदृढिकरण र जन परिचालन अभियान सोमबार बागलुङमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा (कान्तिक्रारी) माओवादीका केन्दिय समिति सल्लाहाकार संयोजन डाक्टर ओम गुरुङले वर्तमान सरकार संसदीय व्यवस्थाबाट व्यक्तिगत स्वार्थमा लागेकोले नेपालको राष्ट्रियता संकटमा परेको बताउनुभयो ।
गुरुङले देशमा भष्टाचार, महंगी बढाएर व्यक्तिगत स्वार्थमा लागेकाले अहिलेको संविधान बाँझो गाई भएको भन्दै दुधको आशा नहुनेमा जोडदिनुभयो ।
कार्यक्रममा केन्दिय सदस्य धनेश्वर पोखरेल, पूर्व सल्लाकार अमृत घर्ती आभाष, केन्द्रिय सदस्य निल बहादुर पुन लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम जिल्ला संयोजक ऋषिराम रोकाको अध्यक्षता, जिल्ला सदस्य गोविन्द परियारको स्वागत र विक्रम थापाको संचालनमा