क्यान्सर पिडित र आँखा रोगीलाई सहयोग हस्तान्तरण

बिक्रम सुनार
बागलुङ, १० माघ
मालिका सेवा समाज बागलुङले क्यान्सर पिडित र आँखा रोगीलाई सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ ।
बा.न.पा. ८ भान्साका क्यान्सर पिडित चन्द्रबहादुर पौडेललाई १० हजार तथा मालिका ५ मा वसोवास गर्ने नगेन्द्र कंडेललाई ५ हजार रकम हस्तान्तरण गरेको हो ।

DSC00919सोही अवसरमा क्यान्सर पिडित पौडेलको उचपारको लागि स्वर्गीय ज्ञमबहादुर कार्की, मानबहादुर कार्की, चन्द्र बहादुर कार्कीको परिवारले ३० हजार, बलबहादुर केसीले १ हजार रकम हस्तान्तरण गर्नुभएको ।
साथै आँखा रोगी कंडेलको लागि फुलप्रसाद सापकोटा १ हजार, धन बहादुर कार्की १ हजार, सन्तु शर्मा ५ सय, बलबहादुर केसी ५ सय, दुर्गा केसी ५ सय सहयोग हस्तान्तरण गरेको समाजका सचिव जीवन शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्व राज्यमन्त्रि राम्जीप्रसाद शर्माले मालिका सेवा समाजले गरेको सहयोग थोरै भएपनि पिडितको उपचारमा सहज आउने भएकाले सम्पुर्णलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, नेपाल रेडक्रस सोसाइटी बागलुङका उपसभापति राजेन्द्र आचार्य,क्षेत्री समाज बागलुङका अध्यक्ष बावुराज कार्की, सल्लाहकार फलप्रसाद सापकोटा, सहयोगदाता धन बहादुर कार्की लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम मालिका सेवा समाज बागलुङका अध्यक्ष दुर्गा बहादुर कुँवरको अध्यक्षता, उपाध्यक्ष विष्णु कुँवरको स्वागत र सचिव जीवन शर्माको संचालनमा सम्पन्न भएको थियो ।