बागलुङमा ३ दिने कुखुरा पालन तालिम शुरु

बागलुङ, १० माघ
जिल्ला पशु सेवा कार्यालय बागलुङको आयोजनामा सोमवारदेखि ३ दिने आधारभुत कुखुरा पालन तालिम शुरु भएको छ ।कुखुरा पालक कृषकहरुलाई आवश्यक तालिम दिई आत्मनिर्भर बनाउन सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
१२ गते सम्म संचालन हुने तालिमको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर गिरीले गर्नु भएको थियो ।
सो अवसरमा प्रमुख गिरीले जिल्लामा बाहिरी जिल्लावाट ८० प्रतिशत अण्डा आयात हुने गरेको र तालिम पश्चात जिल्लावाट निर्यात गर्ने बातावरणको सिर्जना गर्न कृषकहरुलाई आग्रह गर्नु भयो ।
२० जना कृषकहरुको सहभागीता रहेको तालिममा डा गिरि, निलकण्ठ शर्मा, केशव पौडेल लगाएतले सहजीकरण गर्नु हुने बताइएको छ ।
तालिमका वारेमा कार्यालयका निलकण्ठ शर्माले प्रकाश पार्नु भएको उद्घाटन कार्यक्रमको संचालन कार्यालयका केशव पौडेलले गर्नु भएको थियो ।