पसल जान्छु भनेर हिँडेका क्षेत्री मृत भेटिए

बाग्लुङ, १० माघ
जिल्लाको बुर्तिबाङ–७ का ३७ वर्षीय लिलबहादुर क्षेत्री मृत अवस्थामा भेटिएका छन् । आइतबार साँझ पसल जाने भन्दै घरबाट निस्किएका क्षेत्री सोमबार बिहान मृत भेटिएको स्थानीयले जानकारी दिएका छन् ।

खोजी गर्ने क्रममा उनको शव खुङ्गा-८ हुन्द्रफेदि भन्ने स्थानमा भेटिएको थियो । पसलबाट फर्किनेक्रममा चिप्लिएर खोलामा खस्दा मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टका लागि प्रथामिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा राखिएको छ । मृतकका श्रीमती, एक छोरा र एक छोरी छन् ।