बागलुङ, ९ माघ
नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति बागलुङले धौलागिरी अंचल अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष मन्जेशबम मल्ललाई स्वागत गरेको छ ।
स्वागत कार्यक्रममा मल्लले अंचल अस्पताल समग्र धौलागिरी अंचलका आम जनताका स्वास्थ्य उपचारको थलो भएका कारण यसलाई व्यवस्थित गरि नमुना अस्पताल बनाउने बताउनुभएको थियो ।
कार्यक्रममा धौलागिरी अंचल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सागरकुमार राजभण्डारी, नेपाली काँग्रेसका जिल्ला सचिव नवराज पौडेल, नेपाल निजामती कर्मचारी युनियन संघ बागलुङका अध्यक्ष देव शर्मा आचार्य, नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद खनाल, लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ बागलुङका अध्यक्ष विष्णु प्रसाद शर्माको अध्यक्षता पश्चिमाञ्चल सदस्य देवप्रकास घिमिरेको स्वागत र सचिव शिव के.सीको संचालनमा सम्पन्न भएको थियो ।









