लोकतन्त्रको रक्षा गर्न तथ्यको आधारमा सत्य तर्फ उन्मुख हुनु पत्रकारहरुलाई महासंघका अध्यक्ष विष्टको आग्रह

नन्दहरि सृजनशिल पत्रकारिता पुरस्कार पत्रकार कँडेललाई प्रदान

बागलुङ, ९ माघ
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले वर्तमान राष्ट्रिय राजनीति अति संवेदनशिल र जतिल अवस्थामा पुगेकाले पत्रकारहरु तथ्यको आधारमा सत्य तर्फ उन्मुख हुनुपर्ने बताएका छन । DSC09470
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन शिलन्यास तथा नन्दहरी सृजनशिल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले राजनीतिले बाटो विराएको अवस्थामा नागरिक समाज मौन बस्नु नहुनेमा जोड दिएका थिए ।
वर्तमान राजनीतिक प्रणालीको विकल्प नभएको बताउँदै उनले राजनीतिलाई स्वच्छ र जनउ्रत्तरदायि बनाउन पत्रकारहरुले निरन्तर खबरदारी गर्नु आवश्यक रहेको बताए । नेपालमा संचार माध्यमको संख्यामा अधिक वृद्धि भएकाले स्थानीय तहदेखिनै राजनीतिक सुधारको लागि पत्रकारले खबरदारी गर्नुपर्ने डा. विष्टले बताएका थिए ।
यसैबीच, नन्दहरि सृजनशिल पत्रकारिता पुरस्कार–२०७२ बागलुङका पत्रकार कोपिला कँडेललाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासघ बागलुङ शाखा पुरस्कार छनौट समितिको निर्णय अनुसार पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले आइतबार बागलुङमा आयोजित एक समारोहका बीच नगद सहित पुरस्कार प्रदान गरेका हुन । पुरस्कारको राशी नगदर १५ हजार एक सय ५० रुपैयाँ र प्रसंशा पत्र रहेको छ ।
DSC09459धौगागिरि अञ्चल भित्र रही क्रियाशिल पत्रकारिता गर्ने पत्रकारलाई पुरस्कृत गर्ने उदेश्यले पत्रकार हरिनारायण गौतमको परिवारले आफ्ना मातापिताको स्मृतिमा नन्दहरि सृजन शिल पत्रकारिता पुरस्कार स्थापना गरेका थिए ।
नेपाल पत्रकार महासँघ बागलुङ शाखा पुरस्कार छनौट समितिको बैठले २०६२ साल देखि निरन्तर पुरस्कार प्रदान गर्दै आएको छ । पत्रकार कँडेल रेडियो नेपाल, सयपत्रि एफएम लगायतका संचार माध्यममा क्रियाशिल रहेकी छिन ।
२०६६ मा स्थापना भएको नन्दहरि सृजनशिल पत्रकारिता पुरस्कार बाट २०६७ सालमा एभिन्युज टेलिभिजनका पत्रकार राजेशचन्द्र राजभण्डारी २०६८ सालमा म्याग्दीका कान्तिपुर सम्बाददाता घनश्याम खड्का २०६९ सालमा पर्बत जिल्लाका दुर्गा प्रसाद शर्मा २०७० पर्बत जिल्लाका पत्रकार ओम प्रसाद घायल र २०७१ सालमा बागलुङका पत्रकार ज्ञानेन्द्र गौतम पुरस्कृत भई सकेका छन ।