बिक्रम सुनार
बागलुङ, ९ माघ
भुकम्प प्रतिरोधी भवन निर्माण सम्वन्धी ७ दिने आधारभुत कालिगढ तालिम आइतवार देखी बागलुङमा सुरुभएको छ ।
तालिमको उदघाटन पछि निमित्त प्रमुख जिल्ला अधिकारी धुव्र गिरीले भौतिक संरचना निर्माण गर्दा भुकम्पबाट सुरक्षित हुनका लागि भवन आचार संहिताको पालना गरि प्राविधिकहरु संग सल्लाह लिएर मात्र निर्माण गर्न आग्रह गर्नु भयो ।
साथै भुकम्प सुरक्षाको लागि भुइचालो थेग्ने घर र भौतिक पूर्वधार निर्माणका लागि कालिगढको भुमिका महत्वपुर्ण हुने भएकाले तालिममा सिके कुरा व्यवहारमा लागु गुर्नपर्नेमा जोडदिनुभयो ।
१५ गतेसम्म संचालन हुने तालिममा बागलुङ जिल्लाका विभिन्न गाविस, पर्वत तथा म्याग्दी बाट गरि ३५ जना सहभागि रहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलयका प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद मिश्र, प्रमुख जिल्ला ईन्जिनियर खगेन्द्र प्रसाद राहाल, निर्माण व्यवसायी संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारी लगायतले बोल्नु भएको थियो ।कार्यक्रम शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलय बागलुङका प्रमुख प्रकाश अर्यालको अध्यक्षता, ईन्जिनियर तेजेन्द्र शर्मा पौडेलको स्वागत र नायव सुव्वा बद्री गौतमको संचालनमा सम्पन्न भएको थियो ।
नेपाल सरकार शहकारी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यलय बागलुङ आयोजनामा तालिम संचालन गरिएको हो ।









