नयाँ शक्ति पार्टी नेपाल दमेकको वडा परिषद् भेला सम्पन्न

बागलुङ, ९ माघ
नयाँ शक्ति पार्टी नेपाल दमेक–२ को वडा परिषद् भेला आइतवार सम्पन्न भएको छ ।
भेलामा नयाँ शक्ति पार्टी नेपाल बागलुङ जिल्ला संयोजक चित्र सापकोटाले वैकल्पिक राजनैतिक शक्ति र विचारलाई अगाडी बढाउन सम्पुर्ण एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नयाँ शक्ति नेपाल केन्द्रिय परिषद सदस्य कृष्ण सापकोटा, जिल्ला परिषद सदस्य धनप्रसाद सापकोटा, दलित शत्तिल नेपाल जिल्ला परिषद् सदस्य राजेश नेपाली, राष्ट्रिय युवा अभियान जिल्ला परिषद सदस्य राम बहादुर हमाल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम गाउ परिषद सदस्य रुपा हमालको संयोजकत्वमा १९ सदस्यीय वडा परिषद गठन गरिएको नयाँ शक्ति नेपाल केन्द्रिय परिषद सदस्य कृष्ण सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रम गाउ परिषद सदस्य रुपा हमालको अध्यक्षता जिल्ला परिषद सदस्य कमल सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।