
बागलुङ, ९ माघ
विप्लप नेतृत्व नेकपा माओवादी बागलुङको सेक्रेटरीमा विकिरण क्षेत्री चयन हुन भएकोछ ।
आइतबार सम्पन्न जिल्ला अधिवेशनले क्षत्रीको नेतृत्वमा २९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जिलला कमिटीले क्षत्रीलाइ सेक्रेटरीको जिम्मेवारी प्रदान गरेको हो ।
जिल्ला कमिटी सदस्य छम सेन, बाबुला शाक्य, प्रेम थापा, नन्दलाल थापा, बाबुराम आचार्य, निसान विक लगायत रहनुभएको छ । अधिवेशनका अन्य सदस्य तथा निर्णयहरु सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने बताइएको छ ।









