प्रहरी उपरिक्षक खापुङलाई स्वागत

बागलुङ, ९ माघ
जिल्ला प्रहरी कार्यलय बागलुङमा नव आगन्तुक प्रहरी उपरिक्षक चन्द्र कुबेर खापुङले जनताले प्रहरीलाई परिचालन गरेमात्र समाजका अपराधिक क्रियाकलापलाई न्युनीकरण गर्न सकिने बताउनुभएको छ ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र रामरेखा बागलुङले आइतवार गरेको स्वागत कार्यक्रममा प्रहरी उपरिक्षक खापुङले यस्तो बताउनुभएको हो ।
साथै जिल्लाको शान्ति सुरक्षाको लागि सम्पुर्ण सर्वसाधरण जनता संग हातेमालो गरि सामुदायिक सेवामा सदैव समर्पित हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
सोही अवसरमा जिल्ला वन अधिकृत विष्णुकुमारी मिश्र, नेपाल रेडक्रस सोसाइटी बागलुङका पूर्व अध्यक्ष विश्वनाथ रेग्मी, रामरेखा निमावि व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसी, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार मेहेन्द्र आचार्य, गिता शर्मा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमका अवसरमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रलाई विभिन्न माध्यमबाट सहयोग गर्ने हरुलाई सम्मान समेत गरिएको केन्द्रका अध्यक्ष दुर्गाबहादुर आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रम सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गाबहादुर आचार्यको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष शम्भु आचार्यको स्वागत र महासचिव लक्ष्मी बोहराको संचालनमा सम्पन्न भएको थियो ।