गौरी शंकर प्राविका वार्षिकोत्सव

बागलुङ, ९ माघ
गौरी शंकर प्रावि बानपा–७ नुनथलालाई स्थानीय दुई व्यक्तिले चार लाख बराबरको जग्गा प्रदान गरेको छन ।
बानपा–२ मा निवासीे टुकबहादुर गौतम र बमबहादुर गौतमले विद्यालयको २९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अवसर पारी जग्गा दान गर्नुभएको हो ।
वार्षिकोत्सवको अवसरमा बोल्दै स्रोतव्यक्ति ढकप्रसाद पुनले आजको आवश्यकता वैज्ञानिक र व्यवहारिक शिक्षा भएकाले शैक्षिक गुणसुधारको लागि राज्यले गम्भिर चिन्तन गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य तेजप्रसाद निउरे, विद्यालय व्यवस्थापन समितिका सदस्य मेघनाथ गैरे, अभिभावक बैकुण्ड निउरे, पूर्वविद्यार्थी बाबुराम गैरे, शिक्षक बोधनाथ गैरे, स्वर्गीय पदमपानी निउरे स्मृति अक्षयाकोषेको तर्फबाट संस्थापक कोपिला निउरे, भविलाल निउरे स्मृति कोषको तर्फबाट गणपति निउरे, भतिप्रसाद स्मृतिकोषको तर्फबाट विष्णुनाथ गौतम, धनपति सरस्वती गौतम स्मृतिकोषबाट अमृताकुमारी गौतम, टिकाराम पार्वती गौतम स्मृतिकोबाट टुकबहादुर गौतम, विश्वकर्मा उच्च माविका प्रधानध्यापक युगेन्द्रप्रसाद खनाल, सामुदायिक अध्ययनकेन्दूका अध्यक्ष पूर्णप्रसाद गैरे, लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा प्रधानध्यापक शारदादेवी शर्माले १५ लाख ६ हजार २ सय ५७ आयव्याय विवरण तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अक्ष्यकोषबाट प्राप्तहुने रकम गरिव तथा जेहेन्दर विद्यार्थीलाई छात्रवृत्ति स्वरुप प्रदान गरिएको थियो । सो अवसरमा विद्यालयको शैक्षिक तथा भौतिक सुधारको लागि सहयोग गरेको मूल्याङ्गन गरी पूर्व विद्यालय व्यवस्थापन समितिका तेजप्रसाद न्यरेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश किसानको अध्यक्षता, शिक्षक हुमाकला खनालको स्वागत र अमृता पौडेलको संचालनमा सम्पन्न भएको थियो ।