बागलुङ, माघ–८
नयाँ शक्ति पार्टीको नेता देवेन्द्र पौडेलले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातिक संसद नभए सम्म देशमा स्थायी सरकार नबन्ने बताउनुभएको छ ।
नयाँ शक्ति पार्टी अमलाचौर गाविस कमिटीले आयोजना गरेको बलेवा क्षेत्र स्तरीय प्रशिक्षण तथा बनभोज कार्यक्रममा बोल्दै नेता पौडेलले पूर्ण समानुपाति निर्वाचन र प्रत्येक्ष निर्वाचित कार्यकारीले मात्र देशमा स्थायित्व र दिगो सरकारको अभिष्ट पुरा गर्ने दावी गर्नुभयो ।
कार्यक्रममा नया शक्ति नेपाल प्रदेश नम्बर ४ का संयोजक बलावती शर्मा, जिल्ला संयोजक चित्र सापकोटा, नयाँ शक्ति युवा अभियानका बाबुकाजी केसी, नगर संयोजक अर्जुन खत्री, महिला प्रतिनिधि कमला ढकाल, मिनबहादुर परियार, कर्ण रोका लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम प्रेम विकको अध्यक्षता र भिम पौडेलको संचालनमा सम्पन्न भएको विद्यार्थी युनियनका केन्द्रिय सदस्य प्रकाश केसीले जानकारी दिनुभयो ।









