विद्या मन्दिर पुस्तकालयको अध्यक्षमा पुनः राजभण्डारी चयन

बागलुङ, माघ ८
बिद्यामन्दीर पुस्तकालय बागलुङको अध्यक्षमा पुनःराजेशचन्द्र राजभण्डारी निर्विरोध निर्वाचित हुनु भएको छ ।
पुस्तकालयको आज सम्पन्न ७० औ साधारणसभा तथा ३४ औ अधिवेसनले राजभण्डारीलाई पुनः निर्विरोध चयन गरेको निर्वाचन संयोजक इश्वरप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आज अध्यक्ष मात्र चयन गरिएको र अन्य पदाधिकारी र सदस्य भने पछि चयन गरिने उहाँले जानकारी दिनुभयो ।
साधारणसभा तथा अधिवेसनको उद्घाटन पछि बोल्दै धौलागिरि अञ्चल अस्पताल बागलुङका प्रमुख सागर राजभण्डारीले धौलागिरिको इतिहाँस बोकेको बिद्यामन्दिर पुस्तकालयले शैक्षिक क्षत्रको बिकासका लागि महत्पुर्ण योगदान पु¥याएको बताउनुभयो ।
पुस्तकालयले समय सापेक्ष इ लाइव्रेरी संचालन गरेर सुचना र प्रविधीको बिकासमा पनि सहयोग पु¥याएको बताउनुभयो । धौलागिरिको शैक्षिक बिकास संगै राजनैतिक र सामाजिक परिवर्तनका लागि पुस्तकालयको भुमिका अतुलनिय रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठ, पुस्तकालका पूर्व अध्यक्ष लालचन्द्र राजभण्डारी, बिकास शाक्य, सल्लाहकार देवबहादुर श्रेष्ठ, प्रेम छोटा, शैलेन्द्रकुमार श्रेष्ठ, काजी रोशन, नेपाल पत्रकार महासंघका अध्यक्ष मुकेश राजभण्डारी, बागलुङ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठ, हरिमोहन स्मृति कोषका संस्थापक संरक्षक महेशचन्द्र प्रधान, पुस्तकाध्यक्ष मञ्जु केसी र बालविकास सहजकर्ता उमा सुवेदीले मंतव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा हरिमोहन स्मृति कोषवाट बुटवलका शिक्षाप्रेमी महेश कुमार राजभण्डारीलाई नगद सहित १० हजार र उत्कृष्ट पाठकलाई पनि नगद सहित सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । सचिव राम थापा अविरलले प्रगतिप्रतिवेदन र कोषाध्यक्ष रामचन्द्र शर्माले प्रस्तुत गर्नु भएको कार्यक्रममा पुस्तकालयलाई सहयोग गर्ने सहयोगदातलाई सम्मान गरिएको थियो ।
कार्यक्रम पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष रामप्रसाद शर्माको स्वागत र सचिव राम थापा अविरलको संचालनमा सम्पन्न भएको थियो ।