
खिम बहादुर कार्की
बागलुङ, २८ पुस
बागलुङ जिल्लाको भीमापोखरा गाउँ विकास समितिको २५ औं गाउँ परिषद बिहीबारदेखि भीमापोखरामा सुरु भएको छ ।
गाविस सचिव विष्णुनाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको उद्घाटनसत्रमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि होम बहादुर हमाल, नेकपा एमाले बागलुङका जिल्ला कमिटी सदस्य अमर बहादुर थापा, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, नेपाली कांग्रेसका गाउँ पार्टी सभापति सम्मर बहादुर थापा, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष राम प्रसाद शर्मा, नेकपा माओवादी केन्द्र भीमापोखराका अध्यक्ष गोविन्द बहादुर केसी, राप्रपा भीमापोखराका अध्यक्ष मान बहादुर कार्की र जनकल्याण उच्च माविका प्राचार्य लिलाराम सापकोटा, भीमापोखरा महिला संजालकी अध्यक्ष विष्णु कुमारी थापा, वडा नागरिक मञ्च भीमापोखरा वडा नम्बर ९ की अध्यक्ष धनमाया छन्त्यालले गाउँ विकासमा आएको बजेट विकासका क्षेत्रहरुमा बाँडफाँड गरि गाविसको विकास गर्नको लागि अनुरोध गरेका थिए ।
भीमापोखरा स्वास्थ्य चौकीका इन्चार्ज विष्णुनाथ सापकोटाको संचालनमा सम्पन्न भएको उद्घाटनसत्रको स्वागत गाविसकी सामाजिक परिचालक जगुमाया विकले गरेकी थिइन । गाविसको बजेट बाँडफाँड शुक्रबार गरिने गाविस सचिव विष्णुनाथ शर्माले जानकारी दिए ।









