गलकोटबाट बागलुङ सम्म सिधा ट्याक्सी सेवा सञ्चालन

बागलुङ, २८ पुस
मध्य पहाडी लोकमार्गको स्तर उन्नति भए सॅगै गलकोट यातायात प्रालिले गलकोटबाट सदरमुकाम बागलुङ बजार सम्म सिधा ट्याक्सी सेवा सञ्चालन गरेको छ ।
गलकोट हटिया बजार बाट प्रत्येक दिन बिहान साढे सात बजेपछि क्यु सिष्टम मार्फत ट्याक्सी सञ्चालनमा ल्याईएको समितिका अध्यक्ष केहरसिहं खत्रीले बताउनु भयो । ग्रामिण क्षेत्रका यात्रुहरुलाई सुलभ र सहज यात्रा गराउनका लागि सेवा सञ्चालन गरिएको समितिले जनाएको छ ।
त्यस्तै हरिचौर बजार बाट समेत उक्त सेवा सञ्चान गरिएको छ । हटिया बजारबाट बागलुङ बजार सम्मको भाडा रु ६ सय कायम गरिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो । यात्रुको सुविधालाई मध्यनजर गर्दै अहिले हटिया बजारको जीपपार्कमा काउन्टर स्थापना गरिएको छ भनें बागलुङ बजारमा होटल हिल भ्यु जीपपार्कमा काउन्टर राखिएको छ । पछिल्लो समयमा गलकोट क्षेत्रबाट विदेशिनेको संख्या बढदै गईरहेको बेला यातायातमा लगानी गर्नेको संख्या समेत गलकोट क्षेत्रमा बढदै गईरहेको छ ।
गलकोट यातायात प्रालिले अहिले गलकोट हटिया बजार बाट डॉडाखेत, नरेठॉटी, दुदिलाभाटी, हरिचौर, मल्म, आगॉखेत, गल्याङ, बॉसखोला, रिश्मी, रिघा मनेवा सम्म ट्याक्सी सेवा दिदै सन्चालन गर्दै आईरहेको पत्रकार थम्मन थापा सन्देशले खबर पठाउनु भएको छ ।