
बागलुङ,२७ पुुस
बागलुङको भिमसेन माबिमा एक बर्ष अगाडि स्थापना गरिएको बिधुतिय पुस्तकालयका लागि प्रवासवाट पाँच लाख भन्दा बढि रकम प्राप्त भएको छ ।
सामाजिक सन्जाल फेसबूकको माध्यमबाट पुस्तकालयको दिगोपनका लागि आबश्यक कोस खडा गर्नेका लागि जापानमा व्यवसाय गरी बस्ने बिद्यालयका पूर्व बिद्यार्थी बिहु गाबिस वार्ड १ कृस्ण सुबेदी (गङ्गा) को संयोजकत्वमा संकलन गरिएको पाच लाख अठार हजार सात सय तेत्तिस रुपैया बिद्यालयलाई प्राप्त भएको हो ।

भिमसेन माबिका भुपु विद्यार्थीहरु स्वदेश तथा बिदेशमा रहेका सुभेच्छुक हरुबाट जापानमा जम्मा गरियको उक्त रकम भिमसेन बिधुतिय पुस्तकालयको नाममा बागलुङमा रहेको प्रगती सहकारिको खातामा जम्मा गरिएको बिधुतिय पुस्तकालयका सदस्य सचिव एबम बिद्यालयका भुतपुर्व विद्यार्थी डिल्लिराज उपाध्यायले जानकारी दिनुभयो ।
उक्त रकमको ब्याजबाट पुस्तकालयको बिस्तार मर्मत तथा शिक्षणमा नयाँ प्रबिधीको प्रयोगमा ल्याइने र सहयोगको रकमलाई उपयुक्त कार्यमा लगाउने उपाध्यायले बताउनुभयो । यस अघी पनि बिधुतिय पुस्तकालयका लागि बिद्यालयका भुपु विद्यार्थी मणी सुबेदीले २ र शुभाश लामिछानेले १ कमप्युटर उपलब्ध गराउनुभएको थियो ।
उक्त जिन्सी तथा नगद रकम प्रदान गर्नुहुने सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्दै रकम सकलनका लागि सहयोग गर्नेहरुलाई बिद्यालयले आभार प्रकट गरेको छ । रकम संकलन अभियान जारी रहेकाले सवैवाट सहयोगको अपेक्षा गरिएको बिद्यालयले जनाएको छ ।









