पृथ्वी जयन्तीको अबसर खुल्ला प्रतिस्पधात्मक कार्यक्रम सम्पन्न

कुम्बिर बिस्वोकर्मा
बोहरागाउ,२७ पुस
बागलुङ को पश्चिम क्षेत्र बोहरागाउँ–९झिम्पामा स्थित जन माद्यामिक विद्यालयमा पृथ्वी जयन्तीको अवसरमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
जयन्तीको अवसरमा विद्यालयले खुल्ला प्रतिस्पर्धात्मक प्रतिभा कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले आयोजना गरिएको कार्यक्रमा १८ जना विद्यार्थीहरुले सहभागि जनाएका थिए ।
सहभागि विद्यार्थीहरुको नृत्य, मुक्तक, लगायतका प्रतिभाहरु प्रदर्शन गरेको कार्यक्रममा विजेताहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा शिक्षक टँकप्रसाद पौडेलको अध्यक्षता र राम बहादुर क्षेत्री संचालनमा सम्पन्न भएको थियो ।