बागलुङ,२७ पुस
करिव तीन वर्ष पछि खुल्ला गरिएको सवारी साधन अनुमति पत्र (लाइसेन्स) परीक्षाको दोस्रो दिनसम्म एक हजार ४ सय ५४ जनाले आवेदन दिएका छन ।
दोस्रो दिन बुधबार ५ सय ३७ जनाले आवेदन दर्ता गराएको बताइएको छ । लाईसेन्स परीक्षाका लागि मंगलबारदेखि आवेदन दर्ता सुरु गरिएको छ ।
यातायात व्यवस्था कार्यालय धौलागिरीले मंगलबार विहान ८ बजेदेखि अपराह्न ३ बजेसम्म आवेदन संकलन गरिरहेको छ । कार्यालयले मोटर साइकलको लागि २६ देखि २८ गतेसम्म र स्कुटर लागि २९ गते एक फाराम खुल्ला गरिएको यातायात व्यवस्था कार्यालय धौलागिरीले जनाएको छ ।
आवेदन दर्ताको लागि धौलागिरीको चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ बाहेक, कास्की, नारायण, लुम्वीनी, चितवन र भारतीय नागरिक समेत रहेका छन । विदेशी नागरिकको हकमा नेपाली भाषा वा अग्रेजी भाषा राम्रोसँग लेख्न बोल्न सक्ने हुनुपर्ने शर्माले बताउनुभयो ।
पहिलो चरणमा मोटरसाइकल र स्कुटरको लागि फारम खुल्ला भएको र त्यसपछि अन्य सवारी साधनका लागि फाराम खुल्ला गरिने कार्यालयका नायव सुब्बा उपाध्यायले बताउनुभयो । लाइसेन्स परिक्षाका लागि मिति, समय र स्थान भने पछि तोकिनेछ ।
३ बर्ष अघि सम्म धौलागिरी अञ्चल यातायात कार्यालयले बागलुङ नगरपालिका—१ मा रहेको रामरेखा सामुदायिक वनको जग्गामा महिनामा दुइ पटक सवारी चालक अनुमति पत्र वितरणको परीक्षा लिदै आएको थियो ।









