स्वरुप फेर्दौ बाङ्गेचौर खेलमैदान

अर्जुन कार्की/खबरवेडटकम
बागलुङ, २७ पुस
बागलुङ बजारको एक मात्र खेलमैदान बाङ्गेचौर खेलमैदानले आफ्नो स्वरुप फर्दैछ ।
जिल्ला खेलकुद विकास समिति बागलुङले यस वर्ष उक्त खेलमैदानमा पूर्वाधारको विकास गरीसुविधा सम्पन्न बनाउनको लागि काम सुरु गरिरहेको छ ।
राष्ट्रिय खेलकुद परिषदबाट आर्थिक वर्ष २०७२/७३ अन्तरगत जिल्ला सदमुकामको एक मात्र खेलमैदानको मर्मत सम्भारको लागि ५ लाख रुपैयाँ बजेट उपलब्ध गराएकोले मैदानको चारैतिर तारजाली गर्न काम अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति बागलुङले जनायो ।
‘मैदानको सुधारको लागि तारजाली लगाउने काम केहि दिनपछि सम्पन्न गरिन्छ’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियाले भने– ‘तारजाली लगाउनी काम सकिएपछि जेठ देखि भाद्र महिना सम्म दुबो रोप्ने काम गरिने छ ।’
‘पानी पर्दा पनि खेल खेलाउन नसकिने र बढी घाम लाग्दा पनि खेलाउन नसकिने अवस्थाले खेल खेल्ने अवस्थाबाट बन्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ’ अध्यक्ष परियाले भने– ‘उक्त समस्याको अन्त्यको लागि हामिले अहिले व्यवस्थित तरिकाले विस्तार गर्न लागिएको हो ।’ उक्त समस्याको अन्त्यभएपछि बाङ्गेचौर खेलमैदानमा आउटडोर खेलहरु सम्पन्न गरिन सकिने जिल्ला खेलकुद विकास समितिले आशा लिएको छ ।
बागलुङ जिल्ला खेलाडीहरुको हिसावले धनि रहेको बताउँदै परियारले भौगोलिक संरचना र भौतिक संरचनाले समयमा खेल सम्पन्न गर्न र खेलाडीहरु उत्पादन गर्न नसकिएको बताए । खेल मैदानको सुधार भएपछि बागलुङ जिल्लाले खेलकुदमा फड्को मार्ने जिल्ला खेलकुद विकास समितिले आशा गरेको छ ।
उक्त मैदानमा स्कुल स्तरिय, कोकाकोला, रेडबुल कप लगाएतका फुटबल खेलका साधै, विभिन्न क्लवहरुले क्रिकेट खेलहरु संचालन गर्दै आएका छन् ।
खानेपानी र शौचालयको व्यवस्था
मैदानमा धेरै खेल संचालन भइरहेतापनि हालसम्म खाने पानीको र शौचालयको समस्या रहिरहेको थियो । उक्त समस्याको अन्त्यको लागि जिल्ला खेलकुद विकास समितिले हाल खाने पानीको ट्याङ्की बनाउने काम गरिरहेको छ ।
खानेपानीको समस्याको समाधान भएपछि खेलमैदानको वरीपरि ढलको समस्याको समाधान गरिनेछ अध्यक्ष परियारले बताए ।
15965220_1185161074867134_2920725788216707572_nखेलमैदानमा हुने गरेका खेलहरु खेल्न साथै हेर्ने जाने दर्शकहरुलाई पानीको समस्यासाथै शौचालयको समस्या रहिरहेको छ । जिल्ला विकास समितिले खेलमैदानमा शौचालय बनाइएको भएतापनि उक्त शौचालयको पानीको अभावमा प्रयोगमा आएको छैन् । तारजालीको काम सम्पन्न भएपछि शौचालयमा पानीको व्यवस्था गरिने अध्यक्ष परियारले बताए ।
महिला खेलाडीहरुलाई शौचालय र पोशाक परिर्वतनको बढी समस्या रहेको बताउँदै अध्यक्ष परियारले उक्त शौचालयको विचभागबाट बारेर पोशाक परिर्वतन गर्ने कोठा बनाइने बताए ।
बाङ्गेचौर खेलमैदानमा फुटबल र क्रिकेट हुने
बाङ्गेचौर खेलमैदानमा हाल हुँदै आएको फुटबल र क्रिकेटका खेलहरु मैदानको मर्मत पछि खेल्न पाइने भएको छ । हालपनि उक्त मैदानमा फुटबल र क्रिकेटका खेलहरु खेलाइदिँदै आइएको थियो । उक्त मैदानमा तारजाली र दुबो रोप्ने काम सम्पन्न भएपछि पनि क्रिकेट खेल खेल्न पाइन्छ अध्यक्ष परियारले भने ।
बाङ्गेचौर खेलमैदान वरिपरी थप ३ मैदान बन्ने
बाङ्गेचौर खेलमैदानको तल्लेपट्टि रहेको खाली जग्गामा थप ३ वटा खेलमैदानहरु बन्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषदबाट भलिवल कोर्टको लागि ५ लाख रुपैयाँ आएकोले उक्त स्थानमा मैदान बनाउन लागिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषदबाट भलिवल कोर्टको लागि ५ लाख रुपैयाँ विनियोजित भएको छ अध्यक्ष परियारले भने– ‘उक्त रकमले भलिवल, बास्केटबल र हेण्डबल साथै गाडी पार्किङ्ग गर्ने स्थान बनाइन्छ ।’
राखेपबाट ९० लाखको बजेट
लागि जिल्ला खेलकुद विकास समिति बागलुङलाई खेलकुद मैदान सुधारको लागि आ.व. २०७२/७३ को कार्यक्रम अन्तरगत मा ९० लाखको बजेट विनियोजित भएको छ ।
९० लाखको बजेट विनियोजित बनेपनि हालसम्म जिल्ला खेलकुद विकास समितिलाई धेरै खेलमैदानको कामको लागि बजेट आएको छैन अध्यक्ष परियारले भने हालसम्म ३ वटा खेलमैदानको लागि सुधारको लागि ५/५ लाख विनियोजित भएतापनि हालसम्म १ लाख २५ हजारको दरले बजेट प्राप्त भएको बताए । हालसम्म बागलुङ बजारको बाङ्गेचौर खेलमैदान, बुर्तिबाङको खेलमैदान र गल्कोट उच्च माविको खेलकुद मैदानलाई बजेट आएकोले काम भइरहेको छ ।
हालसम्म अन्य खेलकुद मैदानलाई भनेर छुटाएको बजेट आउने नआउने निश्चित नभएकोले अन्यौल सिर्जना गरेको बताउँदै आफुहरुले पटक पटक मन्त्रालयमा जानकारी गराइरहेको अध्यक्ष परियारले बताए ।
हाल बनाइन लागिएको पूर्वाधारको विकास अन्तरगत तारजाली लगाउन ५ लाख आएपनि ८ लाख लाग्ने र भलिवल, बास्केटबल र हेण्डबल साथै गाडी पार्किङ्ग गराउँदा जिल्ला खेलकुद विकास समितिलाई झण्डै १५ लाख ऋण लाग्ने समितिका अध्यक्ष परियारले बताए । उक्त रकम सहयोगबाट संकलन गर्ने लक्ष्य समितिले लिएको छ ।
राखेपले हाल खेलकुद विकास समितिको भवनको लागि आ.व. २०७२/०७३ मा १२ लाख विनियोजित गरेकोले रुद्रेपिपलमा रहेको कबड्ड हलमा भवन बनाइने भएको छ ।
dhan-bahadur-pariyar२०२७ सालमा बनाइएको टिटिहल २०७२ सालको भुकम्पले जिर्ण बनेकोले आ.व. २०७३/०७४ मा उक्त हल भत्काई जिल्ला खेलकुद विकास समितिको भवन बनाइने भएको छ । नयाँ भवनमा पहिलो तलामा जिल्ला खेलकुद विकास समितिको भवन बनाइने र माथिल्लो तलामा कबड्ड हल बनाइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले जनाकारी दिए ।
दर्शकको लागि प्याराफिटको व्यवस्था गर्ने लक्ष्य
आ.व. २०७३/०७४ मा जिल्ला खेलकुद विकास समितिमा आउने बजेटले बाङ्गेचौर खेलमैदानमा दर्शकहरुको लागि प्याराफिट बनाउने समितिले लक्ष्य लिइएको छ । हालसम्म दर्शकहरुका लागि राम्रोसँग बसेर खेल हेर्ने मिल्ने ठाउँ नरहेकोले प्याराफिटको चाडो व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ ।
बाङ्गेचौरप्रति संजालको चासो
जातिय मुद्दासंगै धौलागिरीको फुटबल क्षेत्रको विकासमा अनवरत रुपमा क्रियाशिल दलित युवा संजाल बागलुङले बाङ्गेचौरमा संरचना निर्माण गर्न चासो देखाएको छ ।
धौलागिरीकै सर्वाधिक पुरस्कार राशीको दुई फुटबल प्रतियोगिता सम्पन्न गरेको संजालले मैदान समथर बनाउन ४ चार रुपैयाँ खर्च गरेको छ । मैदानलाई सुविधा सम्पन्न बनाउनको लागि विभिन्न समयमा संजालले आर्थिक सहयोग गर्दै आएको छ ।
माघ १ गतेदेखि शुरु हुने बागलुङ गोल्ड कप फुटबल प्रतियोगिता शान्त वातावरणमा सम्पन्न गर्नको लागि चौरमा लगाईएको तारजालीमा रंगरोगनको काम गरेको छ ।