खाडी मुलुकमा परियार दम्पत्ति

बागलुङ, २६ पुस
कलाकार पुर्ण परियार र सीता परियारको सुमधुर आवाजमा सजिएको यथार्थ परक मौलिक गीत खाडी मुलुकको छायाङ्कन गरिएको छ ।
गीतमा पछिल्लो समयमा युवा विदेश प्लायनको समस्यालाई चित्रण गरि वुद्धिसागर पोडेलले उत्कृष्ट शव्द सृजना ,कलाकार राजेन्द्र सापकोटाको लय रहेको गीतमा पुर्ण परियार उनकी श्रीमती चर्चित गायिका सीता परियारले आवाज दिएका छन ।15977487_406290919707015_7399080486847161390_n

म्यजिक भिडियोको लािग नेपाली गीत संगीतमा फरक पहिचान बनाइसकेमा परियार दम्पत्तिले पछिल्लो समयको नेपाली परिवेश र सामाजिक अवस्था यथार्थ रुपमा चित्रण गरिएको गीतमा अभिनय पनि गरेका छन ।
वैदेशिक रोजगारको लागि दैनिक विदेशिन बाध्य नेपाली युवाहरुको बाध्यात्मक परिस्थितीलाई गीत संगित मार्फत उजागर गर्न खोजिएको गीतमा स्वम आफुले नै अभिनय गर्दा फरकपना आएको कलाकार पुर्ण परियारले खवर वेयलाई बताएका छन ।

15873356_406290889707018_8212597188340043709_n
गीतको कथालाई माया गरेर चिन्तामणि अधिकारी, मित्रलाल सुवेदी, मिलन सारु मगर नारायण पौडेल विशेष सहयोगमा गीतको कथा बस्तुलाई यथार्थरुपमा चित्रण गर्नका लागि परियार दम्पत्तिले अभिनय गरेका छन ।
सुन्दर नगरि पोखाराको विभिन्न स्थानहरुमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा शिव भुर्तेलको निर्देशन, सफल फिलिमको निर्माण र आचार्य डिजिल बाट बाजरमा आउने गीतको गणेश सापकोटाले छायाङ्कन गरेका छन ।
वास्तविक जीवन जोडी सीता र पूर्णले जीवन्त अभिनय गरेकोले अहिले सम्म आफुले निर्देशन गरेका गीतहरु मध्येको यो गीत उत्कृष्टमा पर्ने र दर्शक स्रोताको मन जित्ने आशा गरेको निर्देशक शिव भुर्तेलले बताएका छन ।
तारानाथ आचार्यले एरेन्ज गरेको गीत माघ महिनाको पहिलो साता बजारमा ल्याउने तयारी गरिएको बताईएको छ ।

1 टिप्पणी

Comments are closed.