बागलुङ, २६ पुस
धौलागिरी अञ्चलमा करिव तीन पछि खुल्ला गरिएको सवारी साधन अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि मंगलबारदेखि आवेदन दर्ता सुरु गरिएको छ ।
यातायात व्यवस्था कार्यालय धौलागिरीले मंगलबार विहान ८ बजेदेखि अपराह्न ३ बजेसम्म आवेदन संकलन गरेको हो । पहिलो दिन ८ सय १७ आवेदन दर्ता भएको कार्यालयका नायव सुब्बा रामप्रसाद शर्माले जानकारी दिनुभयो ।
कार्यालयले मोटरसाइकलकोलागि २६ देखि २८ गतेसम्म र स्कुटर लागि २९ गते एक फाराम खुल्ला गरिएको यातायात व्यवस्था कार्यालय धौलागिरीले जनाएको छ । आवेदन दर्ताको लागि धौलागिरीको चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ बाहेक, कास्की, नारायण, लुम्वीनी, चितवन र भारतीय नागरिक समेत रहेका छन ।
पहिलो चरणमा मोटरसाइकल र स्कुटरको लागि फारम खुल्ला भएको र त्यसपछि अन्य सवारी साधनका लागि फाराम खुल्ला गरिने कार्यालयका नायव सुब्बा उपाध्यायले बताउनुभयो । लाइसेन्स परीक्षाका लागि मिति, समय र स्थान भने पछि तोकिनेछ ।
३ बर्ष अघि सम्म धौलागिरी अञ्चल यातायात कार्यालयले बागलुङ नगरपालिका—१ मा रहेको रामरेखा सामुदायिक वनको जग्गामा महिनामा दुइ पटक सवारी चालक अनुमति पत्र वितरणको परीक्षा लिदै आएको थियो ।









