जन सेवा युवा क्लवद्धारा बोबाङ–ढोरपाटन जाने पुल निर्माण

बागलुङ,पोष/२५
बागलुङको पश्चिम निसीमा गठित जनसेवा यूवा क्लवले बोबाङ्ग, ढोरपाटन जाने पक्की पुल निर्माण गरेका छन ।
क्लवको सक्रियतामा प्रवासमा रहेका युवाहरु मार्फत नगद १ लाख ५० हजार आर्थिक संकलन गरि निसी गाविस १ हार्जवाङमा पुल निर्माण गरेको क्लवले जनाएको छ ।
वर्षातको समयमा बाढी तथा पहिरो आउने साथै मानवीय क्षति समेत पु¥याउने गरेको पुल निर्माण पछि ढोरपाटनको यात्रा गर्ने आन्तरिक पर्यटक तथा स्थानीयलाई संगै गाई वस्तु लगायतलाई आवतजावतमा सहजता आएको क्लवका अध्यक्ष दुर्गा बहादुर विश्वकर्माले जानकारीदिनुभयो ।
निसी, बोबाङ्ग हुँदै ढोरपाटन सम्म जाने गोरेटो समेत स्थानीय जनश्रमदान द्धारा मर्मत गुर्नका साथै करिव १ किलो मिटर भन्दा बढि बाटो खनिएको क्लवले बताएको छ ।
स्थापना भएको छोटो समयमा क्लवले सामाजिक विकासका गतिविधिका साथै सामाजिक सचेतना सम्वन्धी विभिन्न कार्य गर्दै आएको छ ।

1 टिप्पणी

Comments are closed.