
बागलुङ, १५ पुस
जिल्लाको विनामारे गाविसमा बिहीबार अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको छ ।
विनामारे गाविसको कार्यालय र विनामारे गाउँ अपाङ्ग सञ्जालको आयोजना, महिला तथा बालबालिका कार्यालय बागलुङ र धौलागिरी अञ्चल अस्पतालको सहयोग तथा अपाङ्गता भएका व्यक्तिहरुको जिल्ला सञ्जाल बागलुङको संयोजनमा वितरण भएको हो ।
उक्त अवसरमा विनामारे गाविसका १७, सर्कुवा गाविसका ४, पैयुथन्थाप गाविस र अर्जेवा गाविसका १–१ जना अपाङ्गहरुलाई परिचय पत्र वितरण गरिएको जिल्ला अपाङ्ग सञ्जाल बागलुङका सचिव होमनाथ शर्माले जानकारी दिए ।
उक्त अवसरमा क वर्गको ४, ख वर्गको ६, वर्गको १० र घ वर्गको ३ वटा परिचयपत्र वितरण गरिएको सचिव शर्माले बताए ।







