महिला साफ च्याम्पियन्शिपमा नेपालको दोस्रो जित

दिपेश तिमलसिना
सिलिगुडी, पुस १३
भारतको सिलिगुडीमा जारी महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले माल्दिभ्स बिरुद्द ९-० को नतिजा निकालेको छ । पहिलो खेलमा ६ गोल गरेकी साबित्राले दोस्रो खेलमा ५ गोल गरेकी छिन ।

लगातार दोस्रो जित हासिल गरेको नेपालको सेमिफाइनलमा स्थान पक्का भएको छ भने समुह बिजेता हुने सम्भावना पनि प्रवल छ । भुटानसँगको खेलमा घाइते भएकी मनमाया लिम्बुको स्थानमा अन्चली वाइवालाई मौका दिनु बाहेक नेपालले अन्य कुनै परिवर्तन गरेको थिएन ।

पहिलो हाल्फमा नेपाल ३-० को अग्रतमा रहदा साबित्रा भण्डारिले ह्याट्रीक गरेकी थीइन । १२ औं मिनेटमा पेनाल्टी बक्स भित्र विपक्षी गोलकिपर अघि बढेको मौका छोप्दै उनलाई नघाएर सावित्रा भण्डारीले गोल गरेकी थिइन् । दीपाले सेन्टरबाट दिएको पासलाई एक्लै अघि बढाउँदै सावित्राले पेनाल्टी बक्सको दायाँबाट प्रहार गरेको बल २८ मिनेटमा गोलमा परिणत भएको थियो ।  पहिलो हाफका लागि ६ मिनेट बाँकी रहँदा सावित्राले अर्को गोल गर्दै ह्याट्रिक गरेकी थिइन् । अनिताले प्रहार गरेका कर्नर गोलकिपरले नियन्त्रणमा लिन नसक्दा सावित्राले हेडमार्फत गोल गरेकी थिइन् ।

पहिलो हाल्फमा ३-० को अवस्थामा रहेको नेपालले दोस्रो हाल्फमा थप ५ गोल गर्‍यो । पहिलो हाल्फमा ३-० को अवस्थामा रहेको नेपालले दोस्रो हाल्फमा थप ६ गोल गर्‍यो । दोस्रो हाल्फको खेल सुरुभएको ५ मिनेटमा साबित्राले अर्को गोल गरिन । अनिताले दिएको पासमा सावित्राले बायाँबाट अघि बढाउँदै पेनाल्टी बक्सबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।नेपालको लागी अन्य गोल हरु मन्जली कुमारी योञ्जन, सपना लामा, हिराकुमारी भुजेल र निर्मला बिकले गरे ।

हाम्रो खेलकुद अनलाईनबाट