बागलुङ, १२ पुस
नेकपा एमाले बागलुङको आठौं जिल्ला अधिवेशनमा भीमापोखरा गाविसका ५ जना विजयी भएका छन् ।
जिल्ला अधिवेशनमा यस पटक भीमापोखराबाट निर्वाचनमा उठेका ५ जनाले नै विजयी प्राप्त गरेका छन् ।
मंगलबार भएको निर्वाचनबाट खुल्ला सदस्यमा २३४ मत प्राप्त गर्दै डिल्लीराज गौतम, भुगोल तर्फको इलाका नम्बर २ मा २६६ मत प्राप्त गर्दै दिपक गौतम, खुल्ला महिला सदस्यमा २४१ मत प्राप्त गर्दै गंगाकुमारी शर्मा, जनजाती तर्फको खुल्ला सदस्यमा २९६ मत प्राप्त गर्दै अमर बहादुर थापा र लेखा कमिटी सदस्यमा ३०५ मत प्राप्त गर्दै खिम बहादुर कार्की विजयी भएका छन् ।









