लक्ष्मण श्रीको नौमतीवाजाको बागलुङमा छायाङ्कन

बागलुङ,पौष–१३
युवा समाजसेवी एव कलाकार लक्ष्मण श्रीको धौलागिरि मायालु हिमालको काखैमा शिर्षक नौमतीवाजाको बागलुङमा छायाङ्कन गरिएको छ ।

धौलागिरि अञ्चलका सवै 15781931_1255192154573930_1081142306_nजिल्ला र ति जिल्लामा रहेका पर्यटकिय स्थलहरुलाई गीत संगित मार्फत स्थापित गर्न र पर्यटन प्रवद्र्धनमा सहयोग पु¥यानका लागि रचित गीतको बागलुङका बिभिन्न स्थानमा छायाङ्कन गरिएको हो ।

धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाका बिभिन्न स्थानलाई आधार बनाएर लेखिएको पर्वत, बागलुङ, मायालु म्याग्दी र मुस्ताङ, नाचौ गाउँ मायालु यहि सुन्दर स्थानमा, धौलागिरि मायालु हिमालको काखैमा, आफ्नो ठाउँको मायालु झझल्को आँखैमा गीतको बागलुङको पर्यटकिय स्थल पञ्चकोट र बागलुङ सदरमुकामका बिभिन्न स्थानमा छायाङ्कन गरिएको कलाकार लक्ष्मण श्रीले बताउनुभयो ।15782538_1255207631239049_995688174_n

आफ्नै ठाउको प्रचार प्रसारका लागि र पर्यटकिय रुपमा बिश्व सामु चिनाउनका लागि गीत लेखिएको र छायाङ्कन पनि यहि गरिएको हो । पुरानो लोक संस्कृति नौमती बाजाको पहिचानलाई सम्मान गर्दै धौलागिरिको पहिचानलाई केहि रुपमा भए पनि संगीत र भिडियो मार्फत स्थापित गर्न जिल्लामा नै छायाङ्कन गरिएको श्रीको भनाई रहेको छ ।

गीतमा लक्ष्मण श्री र कृष्ण परियारको स्वर रहेको छ भने अभिनय गीतकार स्वय श्री र पार्वती राइले गर्नुभएकोे छ ।

गीतमा शिव बिकको निर्देशन, शम्वु चालिसेको छायाँकन, हाम्रो कला केन्द्र पर्वत, म्याग्दी र बागलुङका कलकारहरुको कोरस नृत्य, बिवि अनुरागीको एरेन्ज तथा लक्ष्मण श्रीकै शव्द संगितमा निर्माण हुन लागेको म्युजिक भिडियो छिट्टै बजारमा आउने श्रीले बताउनुभयो ।