एमाले बागलुङको अध्यक्षमा २३५ मतअन्तरले सापकोटा विजयी

बागलुङ, १३ पुस
नेकपा एमाले बागलुङको अध्यक्षमा प्रदेश कमिटिका सदस्य इन्द्रलाल सापकोटा विजयी भएका छन् । शनिवारदेखी बागलुङ सदरमुकाममा शुरु भएको आठौ जिल्ला अधिवेशनबाट बर्तमान पार्टी उपाध्यक्ष तथा सांसद नर बहादुर थापालाई २३५ मतअन्तरले पछिपार्दै सापकोटा विजयी भएका हुन । जिल्लाभरका ६ सय ६ जना प्रतिनिधिहरु सहभागी रहेको अधिवेशनमा ५ सय ७९ मत खसेको थियो । उक्त मतबाट सापकोटाले ३८८ मत र थापाले १५३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक ममतादेवि शर्माले जानकारी दिइन ।
यस्तै उपाध्यक्षमा कृष्ण पाठक विजयी भएका छन् । उनले ३१८ मत प्राप्त गरेका छन्भने उनका प्रतिद्वन्द्वी टंक प्रसाद पौडेलले २३२ मत प्राप्त गरेका छन् ।
सचिवमा लाल बहादुर थापा विजयी भएका छन् । थापाले ३८६ मत र उनका प्रतिद्वन्द्वी ध्रुव बहादुर केसीले १४५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै सहसचिवमा विष्णु भुषाल विजयी भएका छन् । भुषालले ३१०, राम बहादुर जिसीले १७३ र नेत्र विष्टले ४९ मत प्राप्त गरेका छन् ।
यस्तै ९ सदस्य रहने खुल्ला सदस्य पदमा केवि राना मगर २७६, धन बहादुर परियारले २६३, गणेश बहादुर थापा २४२, डिल्लीराज गौतम २३४, गोविन्दराज गौतम १९९, ऋतुवर्ण पौडेल १८३, भुपाल चालिसे १८०, पुनम प्रसाद शर्मा १७१ र लक्ष्मण पुनले १७१ मत प्राप्त गरी विजयी भएका छन् ।
भुगोल तर्फको इलाका नं. १ मा २५६ मत प्राप्त गर्दै भरत पुरी विजयी भएका छन्भने उनका प्रतिद्वन्द्वी अनन्त खड्काले २२९ मत प्राप्त गरे, इलाका नम्बर २ मा दिपक गौतम २६६ मत प्राप्त गर्दैै विजयीभएका छन्भने सुरेश मल्लले १९३ मत प्राप्त गरेका छन् र इलाका नं. ३ मा २१८ प्राप्त गर्दै प्रेम लामिछाने विजयी भएका छन्भने नारायण कंडेलले २०१ र विश्व गौतमले ५५ मत प्राप्त गरेका छन् । यस्तै इलाका नं. ११ मा तिर्थमणि भुषाले २४४ मत प्राप्त गर्दै विजयी भएका छन्भने दिपक रायमाझीले २०५ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक शर्माले जानकारी दिइन ।
यस्तै ७ जना खुल्ला महिलाको लागि भएको निर्वाचनमा कल्पना शर्मा २२५, कोपिला खरेल सापकोटा २२६, गंगाकुमारी शर्मा २४१, यमुना राना मगर ३०१ सावित्रा राना ३२९, शान्ति अधिकारी २८१ र हुमाकुमारी जिसी अञ्जुले २७० मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जानाएको छ ।
जनजाती महिला तर्फ कर्मती पुन ३०५, कोपिला पुन २२५, ख्याम कुमारी राना २२५ र मञ्जु श्रीसले २६४ मत प्राप्त गरी विजयी भएका छन् ।
६ जना पदका लागि जनजाती खुल्ला सदस्यको निर्वाचनमा अमर बहादुर थापा २९६, केशर छन्त्याल २३२, डम्मर बहादुर श्रीष २८३, मेहर सिंह पाइजा २८१, सम्पन्न श्रेष्ठ २९३ र श्याम कुमार पुनले २०६ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका संयोजक ममतादेवि शर्माले जानकारी दिइन ।
अल्पसंख्यक सदस्य खुल्ला १ पदका लागि भएको निर्वाचनमा मोहमद हुसेनले २३१ मत प्राप्त गरी विजयी भएका छन् । उक्त पदमा उम्मेदवारी दिएका रोज महम्मद मियाँ १४६ र सलिनदिन मियाँले ११३ मत प्राप्त गरेका थिए ।
जिलला निर्वाचन कमिटिमा विष्णु प्रसाद शर्मा २३७ मत प्राप्त गरी विजयी भएका छन्भने कृष्णराज शर्मले २३६ मत प्राप्त गरेका छन् ।
जिल्ला लेखा कमिटिको सचिवमा पूर्ण बहादुर परियार विजयी भएकाछन् उनले २६७ मत प्राप्त गरेका छन् । यस्तै सदस्यहरुमा गंगा गुरुङले ३१०, खिम बहादुर कार्कीले ३०५, सोविता पुरीले २९२ र खगेन्द्र प्रसाद शर्माले २६१ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जानकारी दियो ।
इलाका नम्बर ४ बाट सञ्जयकुमार श्रेष्ठ, ५ बाट राजु केसी, ६ बाट बद्रि ढुंगाना, ७ बाट होमनाथ सापकोटा, ८ बाट गुञ्जबहादुर थापा, ९ बाट यामबहादुर थापा श्रीस, १० बाट लालविर लोप्चन, १२ बाट उदितबहादुर छन्त्याल, १३ मा रुद्रप्रसाद पौडेल, भुगोल सदस्य ढोरपाटन बिशेष हरिबहादुर घर्ती, बरेङ बिशेष धनेश्वर पौडेल सर्वसम्मत चयन भएका थिए ।
दलित महिला तर्फ नरी नेपाली र सुजाता घमाल नेपाली चयन भएकी थिइन । दलित जिल्ला सदस्य तर्फ चार सदस्यमा टकबहादुर बोहरा, प्रेमबहादुर परियार, बिरबहादुर बिक र सुरेश बिक चयन भएका छन् । जिल्ला निर्वाचन चार सदस्यमा कविन्द्रप्रसाद सापकोटा, गुणनिधि घिमिरे, गोविन्दबहादुर खड्का, लक्ष्मण सुनार चयन भएका छन्भने लेखा समितिको अध्यक्षमा बाबुराज कार्की अध्यक्ष र उपाध्यक्षमा कुमार खड्का सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक शर्माले जानकारी दिइन । मजदुर सदस्यमा टकराज सुवेदी चयन भएको निर्वाचन समितिले जनाएको छ ।

1 टिप्पणी

  1. hait jillako matra ta yeti dherai samjhina nasakine neta chha desh varima ta gannai nasakine neta hunchha hola. ek ghar ek rajnitik neta aviyan chalaya hunchha.

Comments are closed.