एमाले बागलुङको चुनावको मतदान सकियो

बागलुङ, १२ पुस
नेकपा एमाले बागलुङको शनिवारदेखी बागलुङ सदरमुकाममा शुरु भएको आठौ जिल्ला अधिवेशनको चौथो दिन मतदान भएको छ ।
आज दिउँसो २ बजेदेखि सुरु भएको मतदान साँझ साढे ७ बजे सकिएको थियो । जिल्लाभरका ६ सय ६ जना प्रतिनिधिहरु सहभागी रहेको अधिवेशनमा ५ सय ७९ मत खसेको निर्वाचन कमिटिका संयोजक ममतादेवि शर्माले जानकारी दिइन ।

chunabएमाले बागलुङको अध्यक्षको लागि बर्तमान पार्टी उपाध्यक्ष तथा सांसद नरबहादुर थापा र प्रदेश कमिटी सदस्य इन्द्रलाल सापकोटा चुनावी मैदानमा छन् । सुरुमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका श्रीप्रसाद शर्माले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए ।

एमाले जिल्ला उपाध्यक्षका लागि बुर्तिबाङका टकं पौडेल, अमलाचौरका कृष्ण पाठक, सचिवमा तित्याङका लालबहादुर थापा, बागलुङ नगरपालिका धुव्रबहादुर केसी, उप–सचिवमा बागलुङ बजारका रामबहादुर जिसी, नेत्रबहादुर विष्ट र दगान्तुडाँडाका बिष्णु भुषाल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । खुल्ला, भुगोल र समावेशी गरी ५५ जना जिल्ला सदस्यका लागि १ सय ३७ जनाको उम्मेदवारी परेको छ ।

इलाका नम्बर ४ बाट सञ्जयकुमार श्रेष्ठ, ५ बाट राजु केसी, ६ बाट बद्रि ढुंगाना, ७ बाट होमनाथ सापकोटा, ८ बाट गुञ्जबहादुर थापा, ९ बाट यामबहादुर थापा श्रीस, १० बाट लालविर लोप्चन, १२ बाट उदितबहादुर छन्त्याल, १३ मा रुद्रप्रसाद पौडेल, भुगोल सदस्य ढोरपाटन बिशेष हरिबहादुर घर्ती, बरेङ बिशेष धनेश्वर पौडेल सर्वसम्मत चयन भएका छन् ।

दलित महिला तर्फ नरी नेपाली र सुजाता घमाल नेपाली चयन हुनुभएको छ । दलित जिल्ला सदस्य तर्फ चार सदस्यमा टकबहादुर बोहरा, प्रेमबहादुर परियार, बिरबहादुर बिक र सुरेश बिक चयन हुनुभएको छ । जिल्ला निर्वाचन चार सदस्यमा कविन्द्रप्रसाद सापकोटा, गुणनिधि घिमिरे, गोविन्दबहादुर खड्का, लक्ष्मण सुनार चयन भएका छन्भने लेखा समितिको अध्यक्षमा बाबुराज कार्की अध्यक्ष र उपाध्यक्षमा कुमार खड्का सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक शर्माले जानकारी दिनुभयो । मजदुर सदस्यमा टकराज सुवेदी चयन भएको निर्वाचन समितिले जनाएको छ ।

एमाले जिल्ला अधिवेशनले ५९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ । अध्यक्ष सहित चार पदाधिकारी, ९ खुल्ला, महिला तर्फ खुल्ला ७, ४ जनजाति र २ दलित गरी १९ महिला सदस्य, १३ इलाकाबाट १३ सदस्य, निसी, बोबाङ, बोहरागाउँ लगायतको दुई वटा बिशेष क्षेत्रबाट २ जना, ४ दलित, ६ जनजाति, १ अल्पसंख्यक र १ मजदुर जिल्ला सदस्य चयन गर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघिको गलकोट, बलेवा र नगरपालिका क्षेत्रको सदस्य हुने व्यवस्था भने यस अधिवेशनबाट हटाइएको छ ।
निर्वाचन समितिका अनुसार रातभर मतगणना हुने र भोली (बुधबार) बिहानसम्म अन्तिम मतपरिणाम प्रकाशन गर्ने जनाएको छ ।