रेडक्रस सोसाइटी कालिका उपशाखाको अध्यक्षमा श्रेष्ठ

बिक्रम सुनार
बागलुङ, १० पुस
नेपाल रेडक्रस सोसाइटी कालिका उपशाखा बागलुङको पाँचौ अधिवेसनले प्रविण शंकर श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।
उपशाखाको आज सम्पन्न अधिवेसनले श्रेष्ठको अध्यक्षमा ९ सदस्य र १ सदस्य मनोनित गरि १० सदस्यीय समिति चयन गरेको हो ।
समितिको सदस्यमा उषा पौडेल, आशिक राजभण्डारी, बिदुर शर्मा, मधुसुधन राजभण्डारी, बिद्या खड्का, धुर्वराज गौतम, निर्माण कुमार श्रेष्ठ बासु, ममतादेवि शर्मा मनोनित सदस्यमा धर्मराज शर्मा रहनुभएको छ ।
अधिवेसनको उद्घाटन पछि नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जव्वरबहादुर लामिछानेले बिपतमा परेका हरेक व्यक्तिहरुलाई निस्वार्थ भावले सहयोग गर्नुपर्ने भएकाले सवैको सहकार्य र एकता आवश्यक हुने बताउनुभयो । रेडक्रसका ७ सिद्धान्तलाई आत्म साथ गर्दै मानविय सेवामा समर्पित हुन जरुरी रहेको लामिछानेले बताउनुभयो ।
कार्यक्रममा जिल्ला शाखाका उपसभापति राजेन्द्र आचार्य, मन्त्री नाराययण शर्मा पौडेल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ बासु, नेपाल पत्रकार महासंघका अध्यक्ष मुकेश राजभण्डारी, नेपाल रेडक्रस सोसाइटी बानपा ३ गुठीका सचिव दिपेन्द्र बाँस्कोटा र आजिवन सदस्य सुदिप राजभण्डारीले मंतव्य व्यक्त गर्नु भएको थियो ।
उपशाखाका सचिव आशिक राजभण्डारीले प्रगति र कोषाध्यक्ष प्रविण शंकर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम उपशाखाका कार्यवहाक अध्यक्ष उषा पौडेलको अध्यक्षता, सह–कोषाध्यक्ष ममतादेवि शर्माको स्वागत र सचिव आशिक राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।