भीमापोखराको २ स्थानमा यस वर्षपनि माघे संक्रान्ति मेला हुने

बागलुङ, ९ पुस
जिल्लाको भीमापोखरामा गतवर्षहरुमा जस्तै यस वर्षपनि माघे संक्रान्ति मेला हुने भएको छ । भीमापोखराको वडा नं. ५ र ८ मा गतवर्षजस्तै यस वर्ष पनि माघेसंक्रान्ति मेला गर्ने लागिएको आयोजकहरुले जनाएका छन् ।
भीमापोखरा ५ को प्रगतिशिल युवा क्लब र भीमापोखरा ८ को सिमसिम युवा क्लवले मेलाको आयोजना गरेका हुन् ।
गतवर्षहरुमा जस्तै यस वर्षपनि सिमसिम युवा क्लवले पौषको २५ गते देखि माघ १ गतेसम्म मेलाको आयोजना गरेको छभने माघ १ गतेदेखि ५ गतेसम्म प्रगतिशिल युवा क्लवले आयोजन गरेको छ ।
सिमसिम युवा क्लवले यस वर्ष मेलामा खुल्ला वडास्तरिय पुरुष भलिवल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, खुल्ला निवन्ध लेखन प्रतियोगिता, अभिभावक म्युजिकल चियर प्रतियोगिता र खुल्ला लोक भजन प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष राजेन्द्र थापाले बताए ।
यस्तै प्रगतिशिल युवाले खुल्ला वडास्तरिय पुरुष भलिवल, निमावि स्तरिय हाजिरिजवाफ प्रतियोगिता, खुल्ला वडा स्तरिय पुरुष लठो तान्ने प्रतियोगिता, प्रावि स्तरिय हिसाव दौड, घैटोफोर प्रतियोगिता र एकल नृत्य प्रतियोगिताको आयोजना गरेको क्लवका अध्यक्ष विर बहादुर थापाले जानकारी दिए ।