
नवीन शिशिर
बागलुङ, ९ पुस
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दर्ता गरेको संविधान संशोधन संसादमा छलफल समेत हुन नदिने बताएका छन ।
नेकपा एमाले बागलुङको आठौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले संसोधन प्रस्ताव राष्ट्रहित विपरित भएको दोहो¥याउँदै संशोधन प्रस्तावको फिर्ता नभएसम्म सडक र सदन दुवै ठाउँबाच सशक्ति विरोध गर्ने बताए ।
सरकारले संशोधनको विषयलाई छलफल गरी मतदानको प्रक्रियामा जान गरेको आग्रहलाई अस्विकार गर्दै पूर्वप्रधानन्त्री समेत रहेका अध्यक्ष ओलीले संविधानको स्थानीय जनताको माग र संविधानको मर्म विपरितको संशोधन छलफल समेत नहुने ठोकुका गरेका थिए ।
‘निर्वाचन प्रक्रियाले विगतमा देशको अस्तित्व पटक–पटक संकटमा परेको छ’ अध्यक्ष ओलीले भन्नुभयो ‘प्रक्रियामा गएर संसदलाई किन बेच गरी प्रस्ताव परित गछौ भन्ने सरकारको भ्रम हो ।’ अध्यक्ष ओलीले सांसदलाई बेच्न राखेको खसी जस्तो नठान्न सरकार नेतृत्व दलहरुलाई चेतावनी दिएका छन । 
वर्तमान सरकार नेपाली जनता चाहन विपरित निर्माण भएको टिप्पणी गदै अध्यक्ष ओलीले भने–‘जनचाहना विपरित निर्माण भएको सरकारले राष्ट्रहितको पक्षमा काम गर्छ भनेर आसा गर्नु व्यार्थ हो ।’ संविधानको धारा २७४ ले प्रदेश संरचनाको सिमाङ्गकन हेरफेर गर्ने अधिकार प्रदेश सभालाई मात्रा प्रदान गरेको उल्लेख गर्दै उनले राष्ट्रिय एकतालाई खलबल पार्ने र निर्वाचन हुन नदिने षड्यन्त्रपूर्व संशोधन विधेयक दर्ता भएको आरोप लगाए । 
सरकार निर्वाचन र जनजीविकाको विषयमा भन्दा अन्य विषयमा केन्द्रीत हुँदा नेपाली जनताले सरकार भएको अनुभव गर्ननपाएको बताए । ‘विजुलीको विल, स्कुलको फि र जग्गाको कर तिर्दा मात्र सरकार भएको महशुस हुने गरेको छ ।’ राजनीति सम्भावनाको खेल नभएको बताउँदै ओलीले समृद्ध राष्ट्र निर्माण गर्ने अवस्थमा काग्रेस अलमलमा परेको बताएका थिए ।
जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माको अध्यक्षता रहेको उद्घाटन सत्रको संचालन संगठन विभाग प्रमुख विष्णु भुसालले संचालन गरेका थिए ।









