
बागलुङ, ७ पुस
नयाँ शक्ति नेपाल जिल्ला कमिटि बागलुङले बिहीवार महिला राष्ट्रिय भेलाको लागि प्रतिनिधि छनोट गरेको छ ।
जिल्ला संयोजक चित्र सापकोटा, केन्द्रीय परिषद सदस्य कृष्ण सापकोटा, जिल्ला कार्यकारी सदस्य प्रकाश के.सी. र नगर संयोजक अर्जुन खत्रीको विशेष उपस्थितिमा बसेको बैठकले लागि कलष्टर समाबेशीता अनुसार खसआर्यबाट जिल्ला संयोजक कमला ढकाल, आदिवासी जनजातीबाट जिल्ला सदस्य रेवती थापा र दलितको तर्फबाट प्रतिक्षा बि. सी. पठाउने निर्णय गरेको जिल्ला कार्यकारी सदस्य प्रकाश केसीले जानकारी दिए ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतमा यहि पौष ८ र ९ गते नयाँ शक्ति नेपाल को महिला राष्ट्रिय भेलाकाठमाडौंमा हुँदैछ ।









