पलाकोट गाविसको गाउँ परिषद

बागलुङ, ५ पुस
पालाकोट गाबिसको २६ औं गाउँ परिषद शनिवार सम्पन्न भएको छ । परिषदले आर्थिक बर्ष २०७३।७४ का लागि ४२ लाख १४ हजार पाँच सय ३५ रुपैयाँ बिनियोजन गरेको छभने आर्थिक बर्ष २०७४।७५ का लगि प्रस्तावित योजनाहरुको छनोट गरेको छ ।
पुंजिगत तर्फ ३६ लाख ३४ हजार ५ सय ३५ र चालू तर्फ ५ लाख ८० हजार रुपैयाँ बिनियोजन गरिएको गाविस सचिव रिता राना पुनले जानकारी दिइन । परिषले पुंजिगत तर्फ खहरे संसारकोट मोटरबाटोको लागि ७ लाख ५० हजार रुपैयाँ, कैंडाले गाबिस भवन हुँदै चिसापानी जोड्ने मोटरबाटोका लागि २ लाख ७५ हजार, गजमठाना गाविस मोटरबाटोका लागि २ लाख ५० हजार, धिमी पाला हुँदै भीमापोखरा मोटरबाटोका लागि १ लाख ७५ हजार अछेते करिना मोटरबाटो मर्मतका लागि १ लाख ७५ हजार, तितौरे बिनिपोखरी मोटरबाटोका लागि ५० हजार, कृषिका लागि १ लाख ५ हजार र साना योजनाका लागि ३ लाखको बजेट बिनियोजन गरिएको छ ।
यस्तै परिषदले लक्षित बर्ग तर्फ महिलाका लागि ३ लाख ६३ हजार ४ सय ५४ रुपैयाँ, अपांगका लागि ८० हजार, दलितका लागि १ लाख ९० हजार, आदिवासी जनजातिका लागि २ लाख, द्वन्द्व पीडितका लागि ६५ हजार १ सय ८० रुपैयाँ, भूकम्प पीडितका लागि १० हजार र बालबालिका तर्फको बिद्यालयका लागि ३ लाख ६३ हजार ४ सय ५४ रुपैयाँ बिनियोजन गरिएको गाविस सचिव पुनले जानकारी दिइन ।
गाविस सचिब रिता राना पुनको अध्यक्षतामा सम्पन्न भएको गाउँ परिषदको स्वागत महिला संजाल पालाकी अध्यक्ष चन्द्रकला थापा र सामाजिक परिचालक शोभा शर्माले गरेकी थिइन ।