
बागलुङ, ५ पुस
नयाँ शक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद बागलुङले आजदेखी जिल्लाव्यापी रुपमा ‘घर–घरमा नयाँ शक्ति’ अभियान शुरु गरेको छ ।
बागलुङ क्षेत्र नम्बर १ बाट कार्यक्रम गरि अभियान शुरु गरिएको नयाँ शक्तिले जनाएको छ ।
अभियान अन्र्तगत नयाँ शक्ति पार्टीको अन्तरिम नगर परिषद वैठक सम्पन्न भएको छ । वैठकले नगरपालिकाका प्रत्येक वडामा पार्टीको वडा कमिटी गठन गर्न संयोजक तोकेर जिम्मेवारी दिइएको छ । बानपा १ मा कृष्ण शर्मा, २ मा बिवेक जिसी, ३ मा सन्तोष खड्का, ४ मा नेत्रनाथ उपाध्याय, ५ मा नारायणप्रसाद शर्मा, ६ मा डा.हरिदत्त पन्त, ७ मा अर्जुन खत्री, ८ मा विकास थापा, ९ मा रेवति थापा, १० मा चित्रबहादुर केसी र ११ मा महेन्द्र शर्मालाई जिम्मा दिइएको नयाँ शक्ति पार्टी अन्तरिम नगर परिषद बागलुङका संयोजक अर्जुन खत्रीले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै नयाँ शक्ति पार्टी नेपाल बागलुङका संयोजक चित्र सापकोटाले समृद्धिको खाका र नयाँ सम्भावना सहित नयाँ शक्ति आएकाले अब यसमा गोलवद्ध हुन आव्हान गर्नुभयो । कार्यक्रमको सञ्चालन कृष्ण शर्माले गर्नुभएको थियो ।









