लोकहित सहकारीको साधारणसभा

बागलुङ, २ पौष
जिल्लाको भीमापाखरामा रहेको लोकहित कृषि तथा बाख्रा उत्पादक सहकारी संस्थालि. भीमापोखराको शनिबार पाँचौ साधारणसभा सम्पन्न भएको छ ।
सहकारीको साधारणसभाको उद्घाटनपछि बोल्दै नेपाल सूचना तथा सञ्चार केन्द्रिय सहकारी संघका लेखा समिति सदस्य खिम बहादुर कार्कीले सहकारीहरुले आफ्नो उद्देश्य अनुरुप काम गर्नुपर्ने बताएका थिए । उनले ग्रामिण क्षेत्रका सहकारीहरुले गाउँ विकासमा सहयोग पु¥याएको बताएका थिए ।
साधारणसभामा सहकारीका संस्थापक अध्यक्ष जय बहादुर केसी र लेखा समिति सदस्य सन्तु प्रसाद उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारणसभामा सहकारीका सचिव चुडामणि उपाध्यायले सहकारीको प्रगति प्रतिवेदन र सहकारीले हाल सम्म १२ लाख ६५ हजार ३ सय १४ रुपैयाँको कारोबार गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीका अध्यक्ष चित्र बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष भिम प्रसाद गौतम र संचालन सचिव चुडामणि उपाध्यायले गरेका थिए ।