
बागलुङ, २९ मंसिर
नेकपा एमाले जिल्ला कमिटी बागलुङले आठौँ जिल्ला अधिवेशन नजिकिदै गर्दा अधिवेशन प्रचार प्रसारलाई गति दिन थालेको छ ।
अधिवेशन प्रचारको क्रममा मंगलबार बागलुङ बजारका मुख्य ठाउँ तथा चोकमा पोष्टर टाँस्ने काम सुरुवात गरेको प्रचार विभाग प्रमुख रामकृष्ण शर्माले जानकारी दिनुभयो ।
राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान, संविधान कार्यन्वयनको लागि एमालेको अभियान’ भन्ने नाराका साथ पुस ९ देखि ११ गतेसम्म हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताइएको छ ।
अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौट पुस २ गते जिल्ला व्यापी रुपमा एकै साथ गर्ने संगठन विभाग प्रमुख विष्णु भुषालले जानकारी दिनुभयो ।









