बेरोजगार, बाध्यता अनी विदेश

अमृत पौडेल

मलाई हिजो जस्तै लाग्छ
मेरो आमा ले मेरो बुवा लाई
आशु ले बिदा गरेको
मलाई देखाउदै छिट्टै कमाएर आउनुस्
अनी छोरा लाई जानु नपरोस भनेको।

अज फेरी त्यही आवाज लाई याद गर्दै
मेरो श्रीमती सँग बिदा माग्दै छु,
जो रुदै आफ्नो सन्तान लाई त्यही भन्दै छिन्।
अनी मेरो आमाले, प्रदेशमा देह त्यग्नु भएको
मेरो बुवा को तस्विर माथि को माला बाट
एक थुङ्गा फुल झिकेर मेरो शिर मा राख्दै
प्रदेश मै उज्वल भबिस्य को आशिर्वाद दिनुभो।

प्रदेशिने रहर मेरो बिल्कुल होइन।
टाढा भएर बस्ने मन कदापी होइन।
प्राण भन्दा प्यारो मेरो देश,
अनी देश ले मेरो निधार मा जबर्जस्ती लेखिदिएको बेरोजगार को टिका
र प्रदेश नगए सम्म भावी सन्तान लाई
फेरी बेरोजगार बनाएर, प्रदेश पठाउने बेला सम्म
पाल्न नसक्ने वाध्यता,
करक तत्व हो।

म जस्ता हजार छन,
जो तन्दुर मा रोटी पोल्छन, साथ मा आखीभौ र परेला पनि।
म जस्ता धेरै मेसिनमा लोहा पेल्छन,अनी साथ मा हात का औंला पनि।
म त्यही देश को नागरिक हुँ जहाँ
बिधवा नारी लाई शिक्षित शिक्षक ले नै
बोक्सी को आरोपमा मल्मुत्र खुवाउछ।
पिट्छ,घिसार्छ तातो पन्यु ले डाम्छ।
अन्तत मारिदिन्छ मेरो देश मा।

तर देश रमिता हेर्छ।
र त्यही नारी को निर्दोश छोरा फेरी गरीबी को सिकार बन्छ।
हेला को पात्र बन्छ
एक होनाहार बेरोज्गार बन्छ
उस्लाई सरकार को
“शैक्षिक प्रमाण पत्र धितो राखी ऋण दिने योजना” ले कुनै असर गर्दैन।
छुदैन उस्को योग्यता लाई।

किन कि योग्यता को प्रमाण पत्र
जुठो भाडा को कुना मा टसिएको लेउ होइन।
चिसो काठयङ्ग्रिने जाडो मा उस्को लाज अनी आङ्ग छोप्ने जुट को बोरा होइन।
बाटो मा भोक भोकै हिड्दा फोहोर को थुप्रो मा भेटिने आधा पाउरोटी पनि होइन।
जो उस्लाई दैनिक मेहेनत मा मिलोस।
यही उस्को बिवशता बन्छ।

अनी फेरी अर्को पर्देशी जन्मिन्छ जिन्दगी धान्न को लागि।
फरक एत्ती हुन्छ कि उस्लाई हिंड्ने बेला उस्को आमा ले
उस्को बुवाको फोटो माथि चढाइएको माला बाट
फुल झिकेर आशिर्वाद दिन पाउदिनन।

अनी उस्लाई बिदा गर्न पाउदिनन।
तैपनी बिचरा नेपाली हुनु मा गर्व गर्छ।
प्रदेश म पनि आफ्नो देश को गाथा गाउछ।
नेपाल ले जित्ने हर खेल हरु मा खुशी हुन्छ।
चाहे देश ले उस्को दर्द अनी पिडा मा दुखी नबनोस।
उु हर कदम देश को साथ् मा हुन्छ।

तेसैले एक बिन्ती छ सरकार,
एउटा अर्थ पूर्ण युव लक्षित निती ल्याउ योजन ल्याउ।
सबै प्रदेशिएका “म” हरु लाई बोलाउ।
हलो जोताउ ढिकि कुताउ वा बाउसो खनाउ।
तर एउटा युवा लक्षित निती ल्याउ योजना ल्याउ।
काठमाडौं मा रोटी पोल्न लगाउ।
पोखरा मा लोहा पेल्न लगाउ।
वा चितवन मा कपाश छिल्न लगाउ।
तयार छौ यो मरुभुमी छोड्न।
तयार छौ देश मै ढुङ्गा फोड्न।
ता कि प्रदेशमा मैले बुवाको बली चढाइसके
अरु बुवा को न चढाइयोस।
मेरो जवानी परदेश को आगो ले खाइसक्यो
अरुको जवानी देश मै बितोस।

ता कि म जस्ता कयौ “म” हरुका सन्तानले
उनिहरुको बुवाको अनुहार तस्विर मा मात्रै देख्नु नपरोस।
ता कि मेरो मृत्यु पछी मेरो तस्विर माथी चढाएको माला को एक थुङगा फुल टिपेर
मेरो श्रीमती ले मेरो भावी सन्तान लाई प्रदेशी भबिस्य उज्वल बनोस भनेर
आशिर्वाद दिनु नपरोस।

चुवा पर्वत