गायक अखेलिको झ्याउरे रत्यौली गित बजारमा घन्किन थाल्यो

केपी कुमार जलन/बागलुङ्

मोफसलमा रहेर पनी नेपाली गित संगितमा छुट्टै पहिचान वनाउन सफल संचारकर्मि तथा  गायक कृष्ण अखेलीले फेरी पनी झ्याउरे टिपीकल रत्यौली गित बजारमा लिएर आएका छन ।

बागलुङ जिल्लाको अमलाचौरमा जन्मिएका गायक अखेली सानै उमेर देखि गित संगित र मिडिया प्रति हुरुक्क हुन्थे रेडियो पर्वत देखी रेडियो शालीग्राम हुदै रेडियो कुशुमको स्टेशन म्यानेजर समेत रहेका पछिल्लो समयमा मेला महोत्सवमा निकै व्यस्त अखेलीलाई नेपाली गित संगितमा पहिचान गराउन उनकै दाजु शिव अखेलिको ठुलो योगदान रहेको छ ।

गायक कृष्ण अखेली र लक्ष्मी नेपालीको आवाज सुवास पौडेलकोको लय शव्द संयोजनमा अहिलेका चर्चित शब्द सर्जक शिब अखेलीको रहेको छ तारानाथ आचार्यको एरेन्जमा रहेको उक्त गितको म्युजिक भिडियो सुन्दर नगरी पोखरामा गरिएको र सफल फिल्मस पोखराले  निर्माण गरेको र आचार्य डिजीटलले बजार ब्याबस्थापन गरेको छ  चैत्राष्टमी दुर्गा मन्दिर मर्नासको टापु मयाले मेला हेर्न छिस्ती डाक्दा बागलुङ गयौ आफु मयाले¸अदुवामा किरा लाग्यो पाथी चार भो बेसार मयाले, सधै कोलाई बस नभने भेट्न डाक्या केसार मयाले सिरीसिरी हावा चल्यो दर्किएर पानी मयाले बाटे खर्च दिम्ला केरे फर्किएर जानी जस्ता शब्दहरु समावेश गरेको गितले श्रोता दर्शकको मन जित्नेमा बिस्वस्त रहेको गायक कृष्ण अखेलीले बताए ।
https://www.youtube.com/watch?v=UDXqqMnefMk&feature=youtu.be

२०७३ मंसिर २४ गते प्रकाशित